प्रधानमन्त्री देउवाद्वारा आफूनिकट नेतालाई बाेलावट
१४ औं महाधिवेशन नजिकिएसँगै नेपाली काग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले आफू निकट नेताहरुलाइ छलफलको लागि बाेलाएका छन्। उनले बिहीबार दिउँसो आफू निकटका कांग्रेसका पदाधिकारीलाई छलफलका लागि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाएका हुन्।
देउवा निकट एक नेताका अनुसार महाधिवेशनको तयारी बारेमा छलफल गर्न अनौपचारिक बैठक बस्न लागेको हो । बैठकमा देउवाले उपसभापति विजयकुमार गच्छदार र विमलेन्द्र निधि, महामन्त्री पूर्णबहादुर खड्का, सहमहामन्त्री महतलगायतका नेतालाई बोलाएका छन् ।
कांग्रेसको केन्द्रीय महाधिवेशन मंसिर २४ गतेदेखि काठमाडौंमा हुँदैछ ।
