कर्णालीमा जीवनबहादुरको असक्षमता, भएन मन्त्रिपरिषद विस्तार !
सुर्खेत। कर्णालीमा जीवनबहादुर शाहीले १६ कार्तिकमा मुख्यमन्त्रीको शपथ खाए। तर, आजका दिनसम्म पनि उनले मन्त्रिमण्डल विस्तार गर्न सकिरहेका छैनन् । प्रदेश सरकार मन्त्रिपरिषद् विस्तारमै अडकिएपछि सरकारमाथि विभिन्न प्रश्न खडा भएका छन् । मन्त्रिमण्डल विस्तार नहुँदा राज्यसंयन्त्रका दैनिक प्रशासनिक कामकाजसमेत प्रभावित भएका छन् ।
मन्त्रालय छ, मन्त्री छैनन् । मन्त्रिपरिषद् विस्तारमा गरिएको ढिलाइले नियमित काम समेत प्रभावित बन्दै गएको छ । अहिलेसम्म मन्त्रिपरिषद विस्तार नहुनुँ कतिपएले मुख्यमन्त्री शाहीको असक्षमता र दलहरुबीच पदको लुछाचुँडीमा मन्त्रिपरिषद् विस्तारको हलो अड्किएको विश्लेषण गर्न थालेका छन् ।
शाही नेपालको संविधानको धारा १६८ उपधारा (२) बमोजिम नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) दलको समर्थनमा मुख्यमन्त्री बनेका हुन् ।
तिन दलहरुको बिचमा मन्त्रि छनोट र भागबण्डको विषय भन्दा पनि सरकार विस्तारमा सत्ता साझेदार दलहरुबिच ‘लबिङ्’नै हुन सकेको छैन्।
प्रमुख सत्तासाझेदार नेकपा माओवादी संसदीय दलका नेता तथा निर्वतमान मुख्यमन्त्री महेन्द्रबहादुर शाही र एकीकृत समाजवादी दलका संसदीय दलका नेता चन्द्रबहादुर शाही काठमाडौंमै छन् । त्यो भयरपनि सरकार विस्तारको कुरा अघि बढ्न सकेको छैन् । तथापि, कति मन्त्रालय कुन दलले रोज्ने भन्नेबारेमा पनि अहिले शीर्षतहका नेताहरुबीचमै ‘लबिङ्’ हुन नसकेको गठबन्धन दलका नेताहरुको भनाई छ।
स्रोतका अनुसार १६ कार्तिकमै मुख्यमन्त्री शाहीले शपथ लिँदै गर्दा मन्त्रीहरुको पनि शपथ गराउने भन्ने थियो । यद्यपि, दलहरुबीच कुरा नमिल्दा मुख्यमन्त्री शाहीले एक्लै शपथ लिएका थिए । ‘हिजो वैशाख ३ मा भएको सहमती अनुसार समर्थन गर्नुपर्ने नै भएकाले समर्थन गरिएको हो,’ एक नेताले भने,‘ तर, भागबण्डाको विषयमा त सहमती भन्दा बाहिर जान सकिदैन्।
दुईवटा टाउकाहरुले मात्र बोलेर पनि त हुँदैनन् नी ! साथ त सबैको चाहिन्छ।’
त्यो बेलामा (१६ कार्तिकमा) मन्त्रिपरिषद विस्तार नभएपनि १७,१८, १९ भित्रै गठन भइसक्ला भन्ने आंकलन धेरैको थियो । तर, तिहारपछि हुने भनियो । तर, अहिलेसम्म सरकार गठनबारे दलहरुबीच छलफल नै नहुँनु दुर्भाग्य पक्ष हो,’ प्रमुख प्रतिपक्ष दलका एक नेताले भने ।
मुख्यमन्त्री शाहीको सचिवालयले केही दिनमै मन्त्रिमण्डल विस्तार गरिसक्ने बताइरहेपछि विस्तारमा दलहरुबीच खटपट सुरु हुँदा सकस भएको स्रोतको भनाई छ।
सत्ता गठबन्धनमा काँग्रेस, माओवादी र एकीकृत समाजवादी छन् ।
गठबन्धन सरकारमा सबैन्भदा ठुलो दलको रुपमा नेकपा माओवादी छ भने सबैभन्दा सानो दलको रुपमा रहेको नेकपा एकीकृत समाजवादी छ। एसले आफ्ना तीन जना सांसदलाई नै मन्त्री बनाउने निर्णय गरिसकेको छ।
स्रोतका अनुसार वैशाख ३ को सहमती पनि तीनै जनालाई मन्त्री दिने र एसले पनि मुख्यमन्त्री पाउने कुरा थियो । त्यो मानेमा आउँदो वैशाख पछि पनि सरकार फेरबदलको कुरा आउन सक्ने देखिन्छ । एसमा अहिले चन्द्रबहादुर शाही, पदमबहादुर रोकाया र देवी ओली छन्। मन्त्रीमा तिनै जनाको आ–आफ्नो दाबी छ।
चन्द्रबहादुर शाही भन्छन्,‘ हाम्रो अडान कायम नै छ। सहमती अनुसार अघि बढ्नुपर्छ। हैन् भने गठबन्धनको कुरा मात्र गरेर हुँदैन्।’ राजनीतिक तहमा एसले तीनवटा मन्त्रालय भनेपनि दुईवटा मन्त्रालयमा चित्त बुझाउनुपर्ने देखिन्छ।
कर्णालीमा आठ सदस्यीय मन्त्रिपरिषद् छ । माओवादीले चारवटा दावी गरेपनि तीनवटा मन्त्रालयमा चित्त बुझाउनुपर्ने देखिन्छ । यो मानेमा काँग्रेसले मुख्यमन्त्री र दुईवटा मन्त्रालय पाउने देखिन्छ। तर, एसले भने यो कुरा मान्ने देखिएको छैन् । अर्को, कुरा माओवादी संसदीय दलका नेता महेन्द्रबहादुर शाहीले जीवनबहादुर शाहीले भनेको कुरालाई मानेपनि अन्य सांसदहरुले मान्ने देखिन्न्।
एउटै दलभित्रका सांसदहरुबीच मदभेद हुने देखिएपछि शाहीले मान्नै पर्ने हुन्छ । किनकी अघिल्लो पटक काँग्रेसले पनि पहिला एउटा सहमती र पछि दुईवटा नछाड्े दावी गरेको थियो ।
त्यही अनुसार माओवादीमा विन्दमान विष्टलाई व्इाक गराईएको थियो। अहिले माओवादी केन्द्रले मुख्यमन्त्री जीवनबहादुर शाहीलाई पनि सोही अवस्थामा नलैजाला भन्न सकिन्न । त्यसैले पनि प्रदेश सरकारको मन्त्रिपरिषद विस्तार मुख्यमन्त्री शाहीका लागि सकसपूर्ण हुने देखिन्छ ।
मुख्यमन्त्री जीवन शाही आफै पनि आफ्नो पार्टीले दुईवटा मन्त्रालय पाउनुपर्ने अडानमा देखिन्छन् । उनले भने,‘ मुख्यमन्त्री त साझा भैहाल्यो नि ! दुईवटा त हामीले पनि पाउनुपर्ने हुन्छ । त्यो पनि बसेर सल्लाह हुन्छ।’
प्रदेशमा मन्त्रिबन्ने कुराहरुमा दलहरुभित्रै मदभेद शुरु भएको छ। एसभित्र दुईवटा मन्त्रालय पाउने भएपछि सांसद देवी ओलीलाई ब्याक गराउन सक्ने देखिन्छ । तर, ओली मन्त्रीका लागि आफ्नो अडान नछाड्ने पक्षमा छिन्। उनले भनिन्,‘ हामीले दुईवटै मन्त्रालय पाएपनि मन्त्रीमा मेरो दाबी कायम रहने छ। बाहिर तवरणबाट पनि महिलालाई अगाडी ल्याउनुपर्ने कुराहरु आइरहेका छन्।’
यता सबैभन्दा ठुलो दल माओवादीमा विवाद चर्कदो छ। माओवादीबाट विन्दमान विष्ट स्वतः मन्त्री बन्ने कुरा पक्का भईसकेको छ। यसअघि मन्त्री भइसेका सीताकुमारी नेपाली र गोपाल शर्मालाई पनि केन्द्रीय राजनीतिको आडमा दोहो¥याउने सक्ने कुरा आएको छ। त्यो भएको खण्डमा एकै पटक पालो नपाएकाहरु आक्रोशित छन् ।
जाजरकोटबाट प्रतिनिधित्व गर्ने सांसदय गणेशबहादुर सिंह र कृष्णा शाह (आचार्य)लाई मन्त्री बनाउने कुरामा विवाद देखिएको छ।
यता काँग्रेसभित्र जीवनबहादुर शाहीले हिमबहादुर शाहीलाई अगाडी लैजाने प्रयास गरेको बुझिएको छ । उनीसँगै पुर्व मन्त्री समेत रहेका यज्ञबहादुर बुढा क्षेत्रीको नाम पनि चर्चामा छन् ।
यो अवस्थामा मुख्यमन्त्री शाहीलाई मन्त्रिपरिषद विस्तार गर्न निकै कठिन हुने देखिन्छ।
