विप्लव नेकपाका २१ कार्यकर्ता पक्राउ
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका २१ जना कार्यकर्ता पक्राउ परेका छन्।पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा आइतबार चक्काजाम गर्न खोज्ने क्रममा २१ जना कार्यकर्ता पक्राउ परेका हुन्।
त्रि(चन्द्र कलेज अगाडिबाट उनीहरुलाई पक्राउ गरिएको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता रमेश बस्नेतले जानकारी दिए। कात्तिक ३० गते आह्वान गरेको नेपाल बन्दअघि विप्लव समूहले आइतबार एक घण्टा चक्काजामको घोषणा गरेको थियो।
