प्रलोभन देखाएर बालिका बलत्कार
विवाह गर्ने प्रलोभन देखाएर दैलेखमा एक १७ बर्षिया बालिकामाथी बलात्कार भएको छ । बालिकालाई प्रलोभन देखाएर ४० बर्षका केशव सुजीले बलात्कार गरेको पीडित परिवारले जनाएको छ ।
सुजीले बालिकालाई विवाह गर्ने लगाएतका प्रलोभनमा पारी अरु कोहिसँग विवाह गरेमा बेईज्जत गरीदिन्छु भन्दै डर त्रास देखाएर बलात्कार गरेको पीडित परिवारको भनाई छ ।
कात्तिक २२ गते राती ११ बजेको समयमा सुजीले ती बालिकालाई बलात्कार गरेको भन्दै पीडित बालिकाको परिवारले जिल्ला प्रहरी कार्यालय दैलेखमा जाहेरी दरखास्त दिएका थिए । प्रहरीका अनुसार सुजी पेटी ठेकेदार हुन् । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट मजदुरको रुपमा काम गरिरहेकी बालिकालाई सुजीले विवाह गर्ने लगाएतका प्रलोभनमा पारेर डर त्रास देखाएर जबरजस्तीकरणी गरेको खुलेको छ ।
परिवारले दिएको जाहेरीका आधारमा प्रहरीले बालिकालाई जबरजस्तीकरणी गरेको आरोपमा पीडक सुजीलाई पक्राउ गरेको छ । पक्राउ परेका सुजीमाथी दैलेख जिल्ला अदालतबाट म्याद थप गरि थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायब उपरिक्षक अनुपम श्रेष्ठले बताए । बलत्कार भएकी बालिका सुजीले लिएको काममा मजदुरी गर्दै आएकी थिईन ।
