तीनदेशका राजदुत रारामा
मुगु । जलवायु परिवर्तनले पारेको असर र अवस्था बारे बुझ्नका लागि तीनदेशका राजदुत रारा पुगेका छन् । मुगुको चारवटा स्थानीय तहमा जलवायु परिवर्तनको अवस्था तथा यसको न्युनिकरणमा भएका प्रयासको अवस्थाबारे बुझ्न तीनै देशका राजदुत रारा पुगेका हुन् ।
अमेरिकी राजदूत रेण्ड बेरी, अष्ट्रिलेयन राजदूत फेलिसिट भोल्क र बेलायती राजदूत निकोला पोलिग जलवायु परिवर्तनको न्युनिकरणमा खेलेका भूमिकाबारे तथा जलवायु परिवर्तनले पारेको असरबारे बुझ्न तीनै देशका राजदूत रारा पुगेको युएसए आइडीका भुपेन्द्र शाहीले जानकारी दिए ।
अमेरिकी राजदूत रेण्ड बेरी र अष्ट्रिलेयन राजदूत फेलिसिट भोल्क आइतबार र बेलायती राजदूत निकोला पोलिग सोमबार रारा पुगेका हुन् । जलवायु परिवर्तनले पारेको असर तथा यसको न्युनिकरणका लागि गरिएका प्रयासबारे सरोकारवाला निकाय तथा समुदायमसँग अन्र्तक्रियामा सहभागी हुने तीनै राजदूत तीन रात रारा बिताउने भएका छन ्। राराको अवलोकनका क्रममा मुर्माटप, मुर्मा गाउँको भ्रमण र स्थानीयसँग भेटघाट गरिने शाहीले बताए ।

जलवायु परिवर्तनको न्युनिकरणका लागि युएसए आइडीको सहयोगमा जिल्लाको कार्मारोङ गाउँपालिकाबाहेक तीन स्थानीय तहमा पानी, भकारी र कर्णाली जलपरियोजना लागू भएका छन् भने बेलायती सरकारको आर्थिक सहयोगमा डिफिडले सञ्चालन गरेको जलवायु अनुकूल कार्यक्रम (लापां) मुगुम कार्मारोङ गाउँपालिकामा संचालनमा आएका छन्।
भिजिट कर्णाली टुर एण्ड ट्राभल्स मार्फत तारा एयरबाट ताल्चा बिमान स्थालमा पुगेका राजदूतको राष्ट्रिय निकुञ्ज कार्यालयको अथितिगृहमा व्यवस्थापन तथा खानपिन र रारा क्षेत्रको भ्रमण तथा अवलोकनको व्यवस्था रारा ट्राभलर होम तथा भिजिट हेरिटेज एण्ड रिर्सोटले गरेको छ । एकैपटक तीन विदेशी राजदूत जिल्ला पुग्नुले रारालाई पर्यटन प्रवद्र्धनका लागि टेवा पुग्ने विश्वास लिएको पर्यटन व्यवसायी राजु कार्कीले बताए ।
