Skip to main content

कानुन विपरित काम गर्नलाई छोडिदैन : शाह

दैलेख । जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायब उपरिक्षक भुवनेश्वर प्रसाद शाहले कानुन विपरित काम गर्न जोसुकैलाई कुनै पनि हालतमा नछोडने बताए । केही दिन अघि मात्र सरुवा भएर दैलेख पुगेका शाहले पत्रकार भेटघाट कार्यक्रममा यस्तो बताएका हुन् ।
यहाँको जिल्लामा पछिल्लो समय महिला र बालबालिका सम्बन्धि घटना घटेको विवरणमा देखिएको छ । त्यसलाई न्युनिकरण गर्न आफु संवेदनशील रहेको बताए । उनले भने, हिंसा पीडित महिला र बालबालिकाको सवालमा संवेदनशील भएर काम गर्ने छु । तपाईहरुले महिला र बालबालिका माथि हुन. हिंसा बारे उर्जागर गरिदिनुहोला ।
जिल्लाको शान्ति सुरक्षा, अमनचयन तथा वस्तुनिष्ठ अपराध अनुसन्धानका लागि सुझाव सल्लाह सहितको भेटघाट कार्यक्रममा जिल्ला प्रहरी प्रमुख शाहले भने ‘हिंसा पीडित महिला र बालबालिकालाई न्याय दिलाउने काममा म प्रतिबद्ध छु ।’ प्रहरी र सरोकारवाला निकायहरुबीचको सम्बन्धलाई सुमुधर बनाउन, बाल विवाह न्यूनीकरणलाई प्राथमिकतामा राखेर काम अगाडी बढाईनेछ ।

‘जिल्ला प्रहरी कार्यालयमा सहजै नागरिकको पहुँचको व्यवस्था गरिने भएकोले आम नागरिकले शान्ती सुरक्षाको महसुस गर्नेछन । ‘प्रहरीप्रति नागरिकहरुको आश छ, त्यो आशा जिवित राख्ने जिल्लाको शान्ति सुरक्षा कायम गर्न र अपराध नियन्त्रणमा आफु प्रतिबद्ध रहेको जानकारी दिए ।

डीएसपी शाहले थपे ‘म जनताको जीउधनको सुरक्षाको लागि प्रतिबद्ध छु, कानून विपरित काम गर्नेलाई कुनै पनि हालतमा छोडिदैन, । शान्ती सुरक्षा सँगै जिल्लामा हुने लागु औषध ओसारपसार र दुव्र्यसनी रोकथाममा सक्रिय भएर काम गर्नेछु, ।

No Comments yet!

Your Email address will not be published.


%d bloggers like this: