काँग्रेस मुख्यसचिव पौडेललाई मातृशोक, देउवाद्वारा दुःख व्यक्त
नेपाली काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेललाई मातृशोक परेको छ । आइतबार काठमाडौंको सामाखुशीस्थित ग्रिनसिटी अस्पताल उपचारका क्रममा मुख्यसचिव पौडेलकी आमा खुमकुमारी पौडेलको ८२ वर्षको उमेरमा निधन भएको हो ।

आइतबार साझ ६ः ०० बजे पशुपति आर्यघाटमा पौडेलको अन्तिम दाहसंस्कार गरिएको छ । पौडेलको निधनप्रति काँग्रेस सभापति शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गरेका छन् ।
मुख्य सचिव कृष्णप्रसाद पौडेलसहित शोक सन्तप्त परिवारजनप्रति पार्टी र आफ्नो तर्फबाट देउवाले गहिरो समवेदना प्रकट गरेका छन् ।