Skip to main content

माधव नेपाल आज सुर्खेत आउँदै

सुर्खेत । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष एवंम् पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल सुर्खेत आउने भएका छन् । पार्टीको प्रदेश कमिटि बैठक र प्रदेश भेलालाई सम्बोधन गर्न नेपाल आज सुर्खेत आउन लागेका हुन् ।

एकिकृत समाजवादी कर्णाली प्रदेश कमिटिको बैठक आज बस्दै छ भने भोली (शनिबार) प्रदेशस्तरीय बृहत भेला आयोजना गरिएको प्रदेश कमिटि अध्यक्ष अम्बर बहादुर थापाले जानकारी दिए ।

‘आजको प्रदेश कमिटि बैठक र भोली आयोजित भेलालाई सम्बोधन गर्न क. माधव नेपाल आउँदै हुनुहुन्छ’ थापाले भने, ‘वीरेन्द्रनगरको रंगशालास्थित कबर्डहलमा बृहत भेला आयोजना गरिएको छ ।’

No Comments yet!

Your Email address will not be published.


%d bloggers like this: