Skip to main content

काँग्रेस अधिवेशन : कर्णालीमा संस्थापन समुहको अग्रता

सुर्खेत । नेपाली कांग्रसले कर्णालीका आठ जिल्लामा जिल्ला अधिवेशन सम्पन्न गरेको छ । सुर्खेत, दैलेख र रुकुम पश्चिममा जिल्ला अधिवेशन बाकी नै छ । बुधबार दैलेख र सुर्खेतमा प्रतिनिधि सभा निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न भएका छन् ।

कर्णालीमा वडागत तथा मतदानबाट आएका केन्द्रिय महाधिवेशन प्रतिनिधिलाई हेर्नेहो भने प्रधानमन्त्री तथा नेपाली कांग्रेसका नेता शेरबहादुर देउवा (संस्थापन समुह)को अग्रता देखिन्छ ।

प्रदेशको राजधानी सुर्खेतका दुई निर्वाचन क्षेत्रमा संस्थापन समुहले आफ्नो वाहुल्लीयता रहेको प्रष्ट पारेको छ । बुधबार प्रकाशित अन्तिम मतगरणा नतिजाका अनुसार संस्थापन समुहले धेरै पदहरुमा आफ्ना समुहका उम्मेद्वारहरुलाई विजयी गराएको हो ।

कर्णालीका ६ जिल्लामा नेपाली कांग्रेस संस्थापन समुहका जिल्ला सभापतिहरु देखिएका छन् ।

हुम्ला, मुगु, सल्यान, डोल्पा र जुम्लामा संस्थापन समुहका जिल्ला सभापतिहरु हुन् । हुम्लामा मोहनविक्रम सिंह जिल्ला सभापतिमा निर्वाचित भएका छन् । मुगुमा ऐनबहादुर शाही, सल्यानमा केशवबहादुर विष्ट, डोल्पामा दीपेन्द्रबहादुर शाही र जुम्लामा कर्णबहादुर शाही जिल्ला सभापति बनेका छन् ।

रामचन्द्र पौडेल (संस्थापनइतर) समूहबाट जिल्ला सभापति हुनेमा कालिकोटका अम्बरबहादुर शाही छन् । कालिकोटमा सर्वसम्मत रुपमा नेतृत्व चयन गरिएको हो ।

प्रदेशका सात जिल्लामा नेतृत्व चयन गरिएको हो । जाजरकोटको सभापतिमा चयन भएका वेदराज सिंह भने कुनै समूहमा खुलेका छैनन् । उनी सर्वसम्मत रुपमा सभापति बनेका हुन् ।

No Comments yet!

Your Email address will not be published.


%d bloggers like this: