एमाले महाधिवेशनमा भाग लिन हेलिकोप्टरबाट चितवन जाँदै प्रधानमन्त्री
नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्न प्रधानमन्त्री शेरबहादुर देउवा हेलिकोप्टरबाट चितवन पुग्दैछन्।
नेपाली कांग्रेसका सभापति समेत रहेका देउवा नेपाल बार एसोसिएसनका पदाधिकारीलाई बालुवाटारमा भेटेपछि हेलिकोप्टरबाट चितवनतर्फ लागेका हुन्।
चितवनका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङका अनुसार मध्यान्ह १२ बजेर ४५ मिनेटमा प्रधानमन्त्री देउवा हेलिकोप्टरमार्फत उत्रिँदैछन्।
उनी काठमाडौंबाट हेलिकोप्टरमा भरतपुरस्थित नेपाल प्रहरी शिक्षालयमा उत्रिनेछन्। त्यहाँबाट उनी गाडी चढेर नारायणी किनार पुग्नेछन्।
