कांग्रेसको आज सुर्खेत जिल्ला अधिवेशन
सुर्खेत । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत सुर्खेतमा आज जिल्ला अधिवेशन हुँदैछ । पार्टीको नयाँ नेतृत्व चयन गर्नका लागि जिल्ला अधिवेशन हुन लागेको हो ।
८ बजेदेखि हुने भनिए पनि केही समय पछि सुरु हुने निर्वाचन समितिले जनाएको छ ।
