काँग्रेस अधिवेशन : सुर्खेतमा संस्थापन समुह विजय
सुर्खेत । नेपाली कांग्रेसको सुर्खेतको १४औं जिल्ला अधिवेशनमा संस्थापन समुहको प्यानल विजय भएको छ ।
उप-सभापतिमा विष्णु खड्काले १२०३, टोपबहादुर रावतले ११६०, सचिवमा देवकुमार सुवेदीले १२६७, बालदिप कँडेलले ११९२ र उप-सचिवमा हरि विष्टले ११८० र प्रकाश डिसीले ११९६ मत प्राप्त गरी विजयी भएका छन् ।
नयाँ नेतृत्वका लागि सभापतिमा खड्ग पोखरेल यसअघि नै सर्बसमत सभापतिमा चयन भएका छन् भने बाँकी नेतृत्वका लागि मतदान भएकाे थियाे ।
