जुम्लामा बस दुर्घटना २ को मृत्यु
सुर्खेत । जुम्लाको सिंजा गाउँपालिकामा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । अरु दुई जना घाइते भएका छन् । कनकासुन्दरी गाउँपालिकाको गुठीज्यूलाबाट सुर्खेत जाँदै गरेको ना ६ ख ४४३८ नंको बस सिंजा गाउँपालिका–२ जुम्ला घोडेङ्गा गाउँमा दुर्घटना भएको हो ।

बस सडकदेखि करिब २०० मिटर तल खसेको जुम्लाका प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईँले जानकारी दिइन् । प्रारम्भिक जानकारीअनुसार घटनास्थलमा गुरास गाउँ पालिका वडा नम्बर १ दैलेखका बस चालक नवीन रावल र सह चालक विशाल बमको मृत्यु भएको उहाँले बताउनुभयो ।
बसमा चार जना सवार भएको जानकारी प्रप्त भएको छ । घाइतेलाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको प्रमुख जिल्ला अधिकारीले जनकारी दिनुभएको छ ।

