हिंसा पिडित बालबालिकालाई छात्रबृति हस्तान्तरण

दैलेख । यहाँको जिल्लामा विभिन्न कारणले जोखिममा परेका र हिंसा पिडित बालबालिकालाई छात्रबृति हस्तान्तरण गरिएको छ । सामाजिक सेवा केन्द्र सोसेकद्धारा सञ्चालित बाल हेल्पलाईनले तीबालबालिकालाई छात्रबृटि हस्तान्तरण गरेको हो ।
बाल हेल्पलाइनले ११ जना बालबालिकालाई सहयोग गरिएको संयोजक रमा श्रेष्ठका बताईन । उनले भनिन, हामीले बालबालिकालाई २० वटा कपी, एक दर्जन डट्पेन, झोला, विद्यालय पोषाक सर्ट र पाइन्ट, सुइटर, एक दर्जन सिसाकलम, जुत्ता र मोजा सहयोग गरिएको हो । एक जना बालबालिकालाई पाँच हजार रुपैयाँ बराबरको सामग्री सहयोग गरिएको हो । उनका अनुसार २ जना बालबालिकालाई औषधी उपचार खर्च समेत उपलब्ध गराईनेछ ।
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानका अवसर पारेर हिंसा पीडित र जोखिमा परेका बालबालिकाहरुलाई छात्रबृति र औषधी उपचार खर्च सहयोग गरिएको सामाजिक सेवा केन्द्रले जनाएको छ । गएको मंगलवार संस्थाको कार्यालयमा आयोजित एक कार्यक्रममा सोसेक नेपालका अध्यक्ष हीरासिंह थापाले बालबालिकाहरुलाई छात्रबृति हस्तान्तरण गरेका थिए । छात्रबृति पाएपछि बालबालिकाहरु खुसी हुदै सहयोगी संस्थालाई ध्रन्यवाद दिए ।