आजबाट कांग्रेसको कर्णाली प्रदेश अधिवेशन हुदै
सुर्खेत । नेपाली कांग्रेसको प्रदेश अधिवेशनबाट आगामी नेत्तृत्व चयनका लागि कर्णाली प्रदेशको अधिवेशन आजदेखि कणाली प्रदेशको राजधानी विरेन्द्रनगर, सुर्खेतमा सूरु हुँदैछ ।

प्रदेश सभापति पदका लागि संस्थापन पक्षबाट राजिवविक्रम शाह र ललितजंग शाहीले दाबी गरेका छन् भने वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षकोबाट भुपेन्द्रजंग शाही र दिपकजंग शाहले सभापतिमा दाबी गरेका छन् । दुवै पक्षले सभापति पदका लागि एक÷एक जना उम्मेदवार टुंगाउने प्रयास गरेका छन् ।

