कांग्रेस प्रदेश अधिवेशन पौडेल समूहका नेता अनुपस्थित
सुर्खेत । नेपाली कांग्रेसको प्रथम अधिवेशन आजदेखि सुरु भएको छ । कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगरको रंगशालामा उद्घाटन सत्र सुचारु भइरहेको छ ।
कांग्रेस महामन्त्री पूर्ण बहादुर खड्काले दीप प्रज्वलन गरी अधिवेशन उद्घाटन गरेका छन् ।

अधिवेशनको उद्घाटन सत्रमा आफूहरुलाई औपचारिक निमन्त्रणा नआएको भन्दै पौडेल समुहका प्रतिनिधि अनुपस्थित भएका छन् ।
संस्थापन (देउवा) समूहका जीवन बहादुर शाहीको नेतृत्वमा अधिवेशन संयोजन भएको हो ।
‘हामीलाई अधिवेशनमा उपस्थित हुन कुनै खबर आएन’ पौडेल समूहका नेताले भने, ‘खबर नहुँदा हामी पौडेल समूहका नेता हरु अनुपस्थित भएका हौं ।’

उद्घाटन सत्रमा कार्यक्रमको अतिथि ग्रहणका लागि केन्द्रीय सदस्य हृदयराम थानी, खड्ग बस्याल लगायतको नाम वाचन गरिएको थियो ।
