व्यूँझिदै विजारे चौर
मध्यपहाड संवाददाता
फागुन ६, दैलेख,। बझाङ जिल्लाका सैपाल हिमालसंगै सिरसिर चिसो हावाले शरिर भित्रका केही अंग थुरथुर कामीरहेको वेला हावाको गतिसंगै आउने हुस्सुले बिजारेलाई टम्म ढाक्यो । क्षणभरमै कता विलायो कता π अनि क्षण भरमै घामको रातो किरणले शरिर तातिए पनि बझाङमा देखिएका ती हिमालका हिउँले आखाँमा नजिकैबाट चिसोको लागेको भान हुन्थ्यो । क्षणभरमा हुस्सु र क्षण भरमा घामको रापले भने चौरसँग हुस्सु र सुर्यको किरणले लुकामारी गरेको हेर्न साह्रै मजा लाग्यो ।
गुन्यू चोलोमा सजिएकी हातभरि चुरा, कान र घाँटीमा सुनका गहनाले भरि भराउ युवती वनतिर र घर फर्किन लस्करले विहानपख र वेलुकापख पाटनलाई रमाइलो बनाउँदो रहेछ । विहेवारी नभएपनि त्यसभेगका युवतीहरुले गहना र चुरा लगाउने चलन नै रहेछ । विवाह भए नभएको सिउँदोको सिन्दुरबाट र सोधेरमात्र चिनिन्छ । पाटनमा गाई चराउने गोठालाहरु कोही दण्डी वियो खेलेर रमाईरहेका हुन्छन् भने कोही कर्पेदी खेलेर चौरमा युवायुवतीले रमाईरहेका देखिन्छ । कतिपयले युवतीले त मनका वेदना देउडागितबाट चौरमै पोख्ने गर्छन् । आफ्नो बालपनलाई चौरमै बिताएकी कैयौ चेली माइत फर्किदा बिजारेमा नबसी माइतै आउँदिनन् अरे ।
बैशाख र जेठको महिना काफल,ऐेसेलु र चुत्रा टिप्न जानेको चौरमा ओइरो लाग्दो रहेछ । छिमेकी चामुण्डाविन्द्रासैनी नगरपालिकाको जम्वुकाँध लयाटीविन्द्रासैनी,चामुण्डा र विशालाबाट काफल ऐसेलु र चुत्रा खान बास चौरमै बस्दा रहेछन् । दुईदिनपछि घर फर्किन्छन् । वसन्त ऋतुसँग चराचुरुङ्घीको आवाज र चौर वरिपरि पलाएको पालुवा मनमोह बनाउँदा बिजारे चौर झनै रमणिय देखिन्छ भने झनै कोइलीको मिठो स्वरले चौरमा बसेका युवायुवती र आन्तरिक पर्यटकलाई त्यहाँबाट यताउता जान मन लाग्दैन ।
संघियता सरकार गठन सँगै विजारचौरमा सडकको पुहँच पुगेको छ । सधैजसो दुई तीनवटा घर रहेको विजारे सडकको पहुँच सँगै धमाधम नयाँ घर निर्माण हुन थालेका छन् । ती घरमा स्थानीय सामाग्रीबाट बनाएको रक्सी समेत पाइने भएकोले सधै जिल्ला बाहिर, विदेश वस्ने,विद्यार्थी,कर्मचारी र शिक्षकको लागि वनभोज खानको लागि चौर नै बस्ने गरेको जौचौरका स्थानीयबासी जितबहादुर विष्टले बताए । पश्चिम दैलेखका अधिकाँश विद्यालयहरु भ्रमण बिजारेचौर हो । चिसो दिन भन्दा गर्मिका दिनमा वनभोज खान चौरमा आउँदछन् । सबैभन्दा बढी त विजयादशमी र तिहारको समयमा मानिसको भीड लाग्ने गर्दछ,उनले भने । विजारे नजिकै महत्वपुर्ण मानिने धौलापडा गुफा र ठुली छहरी भएकोले पर्यटकको लागि बिजारे चौरलाई पश्चिम दैलेखको महत्वपुर्ण स्थान मानिन्छ । पर्यटिकय स्थलको केन्द्रविन्दुमा रहेको चौर एयरपोर्टको र प्याराग्लाइडिनको लागि उपयुक्त मानिएको जानकारहरु बताउँछन् ।
समुन्द्रसतहीबाट २ हजार ३ सय अग्लो पहाडको थुम्कोमा रहेको चौर बिजारेमा बर्षेनी दुई पटक मेला लाग्दछ । ओझेलमा रहेको पर्यटकीय स्थल विजारमा पुग्न पर्यटन मन्त्रालयको पार्ट २ कार्यक्रम मार्फत ट्रयाक खोलेपछि आजभोली गाउँपालिकाले बर्षेनी विजारेको सडक निर्माणको लागि बजेट विनियोजन गर्ने गरेको ठाटीकाँध गाउँपालिकाका अध्यक्ष धिरबहादुर शाहीले बताए । आन्तरिक र वाह्य पर्यटकलाई विजारे पुग्न असजिलो नहोस भन्नका लागि सडकको स्तरउन्नति गरिएको छ । १२ महिना विजारेचौर यातायात सवारी साधन पुग्छ । कोही पनि आन्तरिक वा बाह्य पर्यटककालाई चौरमा पुग्न असुविधा छैन ।
केही बर्ष अघि गाउँमा गठित युवाक्लबले भने पर्यटकियस्थलको प्रचार प्रसारको लागी भने चौरमै जिल्ला स्तरिय क्रिक्रेट खेलुकुद गरिएको थियो । पर्यटकिय स्थलको प्रचार प्रसारको लागि ठाटीकाँध गाउँपालिका –६ पाँचलामा गठित बागेश्वरी असल शासन युवाक्लवले जिल्ला स्तरीय क्रिकेटको आयोजना गरि प्रचार प्रसार गरेको थियो । पर्यटकिय स्थानमा धेरै जसो खेलाडीले चौरको रौनकतामा रमाएका थिए भने कतिले चौरको प्रशंसा गरको वागेश्वरी क्लवका अध्यक्ष भक्तबहादुर रोकायले बताए । कतिपय खेलाडीले भने दैलेख जिल्लाले पर्यटकिय स्थानबारे नबुझेर जिल्ला पछाडी परेको लख समेत काटे ।
चौरको शिरमा अग्लो डाडाँ बिच गाईगोरु बाँध्ने गोठ र विचमै एउटा पोखरीले चौरको सौन्र्दयतालाई झल्काएको छ । ताल(खाल) नजिकै गएर तालमा हेर्दा उत्तरका तीनचुले हिमालमा परेका हिउँको थुप्रोलाई देखेर मनमोहक हुन्छन् । कतिपय गाई गोठालाहरु भने तालमै हेरेर विभिन्न खाले टिकाटिप्पणी समेत गर्दछन् । भने कतिपयले तालमै हेरेर तालबाट हिमाल कहाँ छ भनेर बाजी थाप्ने समेत गरेको स्थानीयबासी प्रेमबहादुर लामिछानीले बताए ।
चौरबाट अन्य ठाटीकाँध गाउँपालिकाका पर्यटकिय स्थल पनि नजिकै रहेका छन् । दैलेखमा रहेका दुईवटा झरना मध्ये द्धारी झरना क्षेत्र १ सदरमुकामबाट ७ कोष टाढा छ भने ठुली छहरी झरना चौरबाट १ किलोमिटर मुनि खोचमा रहेको छ । तर जिल्ला सदरमुकामबाट १८ कोष टाढा छ । झरना नजिकै धौलापडा गुफा रहेको छ । दैलेख जिल्लाको एकमात्र मदानतालमा पैदल यात्रा गरि सो चौरबाट ३ घण्टा समय लाग्छ भने नागे गुफा,वेहुली लेक,तिनचुले जस्ता सेता हिमालहरुले चौरलाई नै हेरिरहेको जस्तो लाग्छ ।
करिब ३ घण्टाको दुरीमा रहेको चामुण्डाविन्द्रासैनी नगरपालिका –३ स्थित जलगुफा पनि रहेको छ । पहिले भुतदूलो रुपमा चिनिने गुफामा केही महिना अगाडी दुम्सी मार्ने क्रममा भेटिएको थियो । करिव २५ मिटर लामो गुफा संरक्षणको अभावले गुफाभित्र रहेका विभिन्न खाले भगवान,राम हात्ती शिव पार्वती जंगली जनावर लगायतका विभिन्न खालका मुर्तिहरु भाँचेर स्थानीयबासी घर घरमा लगिसकेका छन् । गुफा एकछेउबाट पानी बाहिर निस्कको भित्र देखेपनि तर बाहिर भने आएको देखिदैन् । केही समय अगाडी देखिएका केही मुर्ति भने हाल चोरी भइसकेका छन् ।
कर्णाली राजमार्गबाट दायाँ रामघाट सिगासैन सडक खण्डको १९ किलोमिटरमा पर्यटकिय स्थल बिजारे चौर पर्दछ । नजिकै रहेको ठुलीछहरीबाट २० मिनेटको उकालो हिडेपछि चौर भेटिन्छ ।
समुन्द्र सतहदेखि २ हजार ३ सय उचाईमा रहेको चौर प्यारागलाइडिन र एयरपोर्टको लागी उपयुक्त मानिएको छ । यसै ठाउ“बाट बझाङ जिल्लामा रहेका सैपाल हिमालको दृश्य देख्न पाइन्छ । नेपाल सरकारले सन २०११ का पर्यटन वर्षलाई सहयोग पु¥याउने उद्देश्यले ०६६ सालमा दैलेख महोत्सव गरिएपनि पश्चिम पर्यटिकय स्थलहरु भने प्रचार–प्रसार हुन नसकि गुमनामा रहेका थिए । दैलेख जिल्लाका पर्यटकिय स्थलमा रहेका पंचदेवल भुर्ति ,वेलासपुर मन्दिर ,शिरस्थान ,कोटिला मन्दिर नाभिस्थान मन्दिर,पादुका मन्दिर नेपाली भाषाको पहिलो शिलालेख रहेको दुल्लु,पाथरनाउली र पौवालाई चिनाए पनि पश्चिम दैलेखको ठाटीकाँध गाउँपालिकामा रहेको मैदानताल ,चामुण्डाविन्द्रासैनी नगरपालिका –३ मा रहेको जलगुफा , धौलापडा गुफा,ठुली छहरी झरना, लकान्द्रको विजारचौर र भिमपाइला भने गुमनाम रहेको पाइन्छ । अहिलेसम्म ४ जना विदेशिय पर्यटक बाहेक अन्य विदेशी पर्यटक चौरमा पुगेका छैनन् ।
