सरसफाई संगै सचेतना : संस्कृति जोगाउदा वाताबरण नबिर्सौ

सुर्खेत । “म बदलिन्छु अनि मेरो देश बदलिन्छ” उद्देश्यले स्वच्छ सहर अभियान सुर्खेतले, वाताबरण संरक्षण गर्न र जथाभावि फोहोर नगर्न सचेतनामूलक कार्यक्रम गरेको छ ।
सुर्खेतमा प्रत्येक महिनाको १ गते र १५ गते विरेन्द्रनगर नगरपालिका अगाडि रहेको खुल्ला स्थानमा कर्णालीको कला र संकृति बचाउने उद्देश्यले देउडा खेल लगायतका सास्कृतिक कार्यक्रम गर्दै आएको छ । यहाँ कार्यक्रम हेर्नेको भिड संगै फोहोरपनि बढ्दै गईरहेको छ ।
यसरी फोहोर बढ्दै जादा त्यस ठाउँको शोभा पनि घट्दै गईरहेको छ, जसलाई ध्यानाकर्षण गरि मैनादेबि फाउन्डेशनद्धारा सुरु गरिएको स्वस्थ सहर अभियान अन्तर्गत आज मैना देवि फाउन्डेशनका स्वयमसेबिहरुले सास्कृतिक कार्यक्रम भएको स्थानमा गएर त्यहाँ उपस्थित सबैलाई साथै खुद्रा व्यापार गरि बसेका सबैलाई जभाभाबि फोहोर नगर्न, आफ्नो फोहोरलाई पोको पारी राख्न वा डस्टविनमा फाल्न अनुरोध गरेका छन्, साथै स्वास्थजन्य फोहोरबारे जानकारी र प्लास्टिकको बोतललाई प्रयोग पश्चात बिसर्जन गर्ने सहि तरीकाहरु पनि सिकाएका छन् ।
यसअघिको सनिबार मैनादेबि फाउण्डेशनका यिनै स्वयमसेबकहरुले सुर्खेतमा पछिल्लो समय पर्यटकको आकर्षणको केन्द्रबिन्दु बन्दै गईरहेको सहिदपार्कको सरसफाई गरेका थिए ।
यस्तै “अगामी दिनहरुमा पनि प्रत्येक हप्ताको सनिवार सुर्खेतका बिभिन्न स्थानमा सचेतना संगै सरसफाई कार्यक्रम हुने” स्वच्छ सहर अभियानका कर्णालि प्रदेश संयोजक प्रिसिला गिरीले जानकारी दिनुभयो ।
वाताबरण प्रदुषण दिनानुदिन बढ्दै गईरहेको छ जसका कारण बेला बेलामा बिभिन्न समस्याहरु निम्तिरहेका छन् वाताबरणलाई अहिलेबाटै जोगाउन लागि नपरेको खण्डमा भोलि बिश्वले नै ठुलो चुनौतिको सामना गर्नुपर्ने निश्चित छ त्यसैले वाताबरण बचाउन सबै लागि परौ ।