सुर्खेतमा बृहत सरसफाई अभियान : फेरीयो खुल्ला मञ्चको मुहार
सुर्खेत । आज सुर्खेतमा बृहत सरसफाई अभियान सम्पन्न भएको छ । धेरै समय देखि नगरपालिका अगाडि रहेको खुल्ला चौरमा फोहोर थुप्रिरहेको थियो । खुल्ला क्षेत्र भएको र धेरै मानिसहरुको आवतजावत हुने भएकोले त्यहाँ बिभिन्न प्रकारका फोहोरहरु जथाभाबि फालिदा विरेन्द्रनगर सुर्खेतको सोभा नै दिनानुदिन घट्दै गईरहेको थियो । मैनादेबी फाउण्डेशनको स्वच्छ सहर अभियान, अन्तरनिर्भर समाजको हरितपूर्ण सहर अभियानले गरेको सरसफाई अभियानमा लियो क्लब, एप्सुलुट गोर्खा का बिद्यार्थीहरु, बिरेन्द्रनगर नगरपालिका र अन्य स्थानियहरुले सहयोग गरेका थिए ।

लामो समयदेखि सुर्खेतका बिभिन्न स्थान सरसफाई संगसंगै सचेतना फैलाउदै र बिरेन्द्रनगरलाई स्वच्छ अनि हरियालि सहर बनाउने उद्देश्यले सुर्खेतका यिनै युवाहरुको नेतृत्वमा धेरै ठाउँहरुमा सरसफाई कार्यक्रम हुदै आईरहेका छन् जसका कारण यहाँका सार्बजनिक स्थल दिनानुदिन बदलिदै र सचेतना स्तर बृद्दी भईरहेको छ ।
“ बदलिन्छु अनि मेरो देश बदलिन्छ” भन्ने भाबना बोकेर सुर्खेतका युवाहरु सके सफा गरौ नसके फोहोर नै नगरौ भन्दै सचेतना फैलाउदै आईरहेका छन्।
फोहोरले वाताबरण लगायत सम्पूर्ण क्षेत्रमा ठुलो प्रभाब पार्ने बुभेर पनि मानिसहरुले बुझ पचाउदा आज हामा्रे वरपरका क्षेत्रहरु दिनदिनै दुर्गधित बन्दै गईरहेकोले सबैले आफ्नो फोहोरको व्यबस्थापन आफै गर्न सके हाम्रो देश नै सुन्दर सफा हुन धेरै समय नलाग्ने स्वच्छ सहर अभियानका कर्णाली प्रदेश संयोजक प्रिसिला गिरीले जानकारी दिनुभयो ।

यस्तै हरितपूर्ण सहर अभियानका परियोजना संयोजक विबेक शाहिले फोहोर उठाउने मात्र नभएर फोहोर नै नगर्ने र प्रत्येक ब्यक्तिले आफु नि फोहोर नगर्ने र अरुलाई पनि फोहोर नगर्न जानकारी दिएर सबैले सहयोग गरे सफा र हरीयालि सहर बनाउन धेरै समय नलाग्ने बताउनुभयो ।
फोहोरले विरेन्द्रनगरको सुन्दरता हराउदै गईरहेको देखेपछि आफुहरु लामो समयदेखि फोहोर नगर्ने सचृतना फैलाउदै च बिभिन्न सार्बजनिक स्थलको सरसफाई गर्दै आइरहेको सरसफाई अभियानका एक अभियान्ता जगत खत्रीले बताउनुभयो ।

यसरी आगामी दिनमा पनि नियमित बिभिन्न स्थानको सरसफाई संगै सचेतना अभिबृद्दी गर्दै जाने सहभागिहरु बताउछन् ।
आज सरसफाई गरिएको स्थल अथवा नगरपालिका अगाडि रहेको चौरमा बेला बेलामा बिभिन्न कार्यक्रम हुने र प्राय घुम्न आउने भिडभाड हुदा फोहोर बढ्दै जाने र यसको व्यबस्थापनमा कसैले पनि कदम नउठाईरहेको बेला सुर्खेतका यि युवाहहरुले गरेको कामले फोहोर व्यबस्थापन र सचेतना फैलाउ ठुलो सहयोग पुगेको छ ।

