जमुनाहा नाकाबाट लागु औषध सहित एक जना पक्राऊ
सुर्खेत । लागु औषध सहित इलाका प्रहरी कार्यालय जमुनाहा ले एक जना लाई पक्राऊ गरेको छ ।
पक्राउपर्नेमा, दार्चुला जिल्लाको शैलेशिखर, नगरपालिका वडा नम्बर : ९ को १९ वर्षिय नरेन्द्र बिष्ट रहेका छ्न ।
प्रहरी का अनुसार, नेपालगञ्ज स्थित जमुनाहा गाउँ बाट चोर बाटो प्रयोग गरी नाइट्रोभेट ट्याब्लेट २० पट्ट ल्याइरहेको अवस्थामा जमुनाहा इलाका प्रहरी कार्यालय बाट करिव १ किलोमीटर टाढा बाट विष्ट लाई पक्राऊ गरेको हो ।
पक्राऊ गरी थप आवश्यक अनुसन्धन भइरहेको प्रहरीले जनाएको छ ।
