१ मतले पराजित भए कांग्रेस नेता थानी
सुर्खेत ।नेपाली कांग्रेसका नेता हृदयराम थानी एक मतले पछाडी परेका छन् । नेपाली कांग्रेसको केन्द्रिय सदस्य (कर्णाली प्रदेश भुगोल तर्फ)मा उम्मेद्वार दिएका थानीले एक मत अभावका साथ पराजित भएका हुन् ।
नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा कर्णाली प्रदेश भुगोल तर्फबाट केन्द्रिय सदस्यका लागि पाँच जनाको उम्मेद्वारी परेको थियो । थानीले कुल दुई हजार एक सय ९९ मत ल्याएका छन् ।
विजेता उम्मेद्वारहरुमध्ये राजिव बिक्रम शाहले सर्वाधिक मत दुई हजार आठ सय २०, कर्ण बुढाले दुई हजार दुई सय मत ल्याएका छन् ।
यसैगरी भुगोल तर्फ महिला केन्द्रिय सदस्यमा जानकी सिंहले दुई हजार ६ सय २४ मत ल्याएर विजेता बनेकी छिन् । सिंहकी प्रतिष्पर्धी मैना कार्कीले एक हजार नौं सय ५५ मत ल्याइन् ।
