दुई करोड ५० लाखको बसपार्क प्रयोग विहिन
दैलेख । २ करोड ५० लाख लगानीमा निर्माण गरिएको दैलेखको नारायण नगरपालिका ६ काँडाचौरमा बसपार्क चार बर्ष देखी प्रयोग विहिन बनेको छ । बसपार्कमा हालसम्म बस पुगेका छैनन् । वसपार्क बस नपुग्दा जिल्ला प्रहरी कार्यालय नजिक धुलाम्मे सडकमै पार्किङ्ग गर्ने त्यही ठाउबाट यात्रीले आवत जावत गर्ने गरेका छन् ।
करोड रकम खर्चेको वसपार्कमा शौचालय र टिकट काउन्टर १ सय मिटर पिसिसी मात्र गरिएको छ । संघिय सरकार,भवन तथा सहरी विकास डिभिजन कार्यालय,नारायण नगरपालिकाको जगेडा कोषको रकमबाट निर्माणधिन सडक अझै अपुरो छ । चालु आर्थिक बर्षमा समेत नारायण नगरपालिकाले झण्डै एकरोडको लगानीमा टेण्डर आब्हान गरेको छ ।
नगरपालिका आर्थिक बर्ष ०७४।०७५ माटो सम्याउने शौचालय र प्रतिक्षालय निर्माण गरेको छ भने आर्थिक बर्ष ०७६।०७७ मा ४८ लाख खर्चेर एक सय मिटर पिसीसी गरिएको हो । नारायण नगरपालिकाले अधिकाँश काम उपभोक्ता समितिबाट सञ्चालन गरेको थियो । गत आर्थिक बर्षको काम टेण्डर मार्फत निर्माण गरिएको हो । सो कामको जिम्मेवारी आरजे कन्ट्रक्सन निर्माणको जिम्मा लिएको नगरपालिकाले जनाएको छ ।
वस पार्क प्रयोगमा नआउँदा स्थानीयबासी भने आफै बसपार्क सञ्चालनका लागि जुटेका छन् । वसपार्कमा कति बजेट लगानी भयो स्थानीय बासी अनविज्ञ छन् । बस पार्क सञ्चालन गरेर मात्र हिसावकिताब खोज्ने स्थानीयबासी बताउँछन् । ठेकेदारले पेटी ठेक्का दिने परम्पराले लगानी अनुसारको काम नभएको स्थानीयबासी सावित्रा रेग्मीले बताईन । उनले भनिन् पहिला बस पार्क सञ्चालन गछौं अनि हिसाव किताब खोजिन्छ ।
२२ करोडको डिपिआर बनाएको काँडाचौर बसपार्कमा खर्चिएको रकमको दुरुपयोगले गर्दा काम अधुरै रहेको छ । गएको मंसिर १४ मा काँडाचौर बसपार्क सञ्चालन ल्याउने निर्णय भएको छ । त्यही अनुसार कार्यान्वयन हुनुपर्छ भने काँडाचौर बसपार्कका सुर्यप्रसाद रेग्मीले बताए ।
सदरमुकाममा अहिले दुईवटा वसपार्क छन् । पुरानो बजार वसपार्क र काडाचौर ।
पुरानो बजार वसपार्कमा नारायण नगरपालिकाले १० लाख रुपैयाँ खर्चेर पिसीसी गरेको छ । विडम्बना दुईवटै बसपार्क भने अलपत्र छन् ।जिल्ला प्रहरी कार्यालय नजिकै मध्यपहाडी राजमार्ग र सुर्खेत दैलेख सडकखण्डको सडकमा बस पार्किङ्ग गर्ने त्यही ठाउँबाट यात्रु आजताजावत गरिरहेका छन् । आउने आईतबार देखी वसपार्क वस पठाउने निर्णय भएको छ,नारायण नगरपालिका नगरप्रमुख रत्नबहादुर खड्काले बताए ।
नगरपालिकाले सदरमुकामको पुरानो पिपलचौतारामा पनि १० लाख खर्चेर वसपार्क निर्माण गरेको छ सो वसपार्क पिसीसी गरिएको छ । त्यो बस पार्क छुट काउन्टर हो नगरप्रमुखले भने ।
जिल्ला सदरमुकाम रहेको नारायण नगरपालिका जिल्लाकै पुरानो नगरपालिकाले हो । स्थानीय सरकारले पालिकाको गुरुयोजना नबनाउँदा र व्याक्ति स्वार्थ क्षणिक फाईदाले गर्दा विकासका नाममा बेथितिको विकास भईरहेको छ । समयमै स्थानीय सरकारले समस्या समाधान नगरे सामाजिक तिक्ता बढने देखिन्छ ।
