प्रदेश २ को प्रदेश प्रमुखमा राजेश झा नियुक्त
काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश २ को प्रदेश प्रमुखमा राजेश झालाई नियुक्त गरेकी छन् । प्रदेश प्रमुख तिलक परियारलाई पदमुक्त गरे लगत्तै राष्ट्रपति भण्डारीले झालाई नियुक्त गरेकी हुन् ।नेपालको संविधानको धारा १६३ को उपधारा (२) बमोजिम झालाई प्रदेश प्रमुखमा नियुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले जानकारी दिए । परियार २०७६ कार्त्तिक १८ गते प्रदेश २ को प्रदेश प्रमुखमा नियुक्त भएका थिए ।

