करेन्ट लागेर एकको मृत्यु
वीरेन्द्रनगर । सुर्खेतमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको गुर्भाकोट नगरपालिका–८ का ६१ वर्षीय लालबहादुर कामीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
उक्त गाउँपालिका–७ गोकुलपुर स्थित गोबिन्द प्रसाद शर्माको सौचालय बनाउने क्रममा मिस्त्रीकाम गर्ने कमीलाई विद्युतीयतारबाट करेण्ट लाग्न गई उपचारको लागि मेहलकुना अस्पतालमा ल्याएको र उक्त उपचारको क्रममा मंगलबार मृत्यु भएको प्रहरीको भनाइ रहेको छ ।
हाल कामीको मृत्यु पश्चाप प्रहरी चौकी मेहलकुनाबाट प्रहरी टोली खटी प्रारम्भिक अनुसन्धान कार्य भईरहेको जनाएको छ ।
