वीरेन्द्रचौकमा राजा वीरेन्द्रको सालिक राखियो
सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरस्थित वीरेन्द्र चौकमा स्वर्गीय राजा वीरेन्द्रको सालिका राखिएको छ । स्वतन्त्र सुर्खेतबासी जनता समुहले सालिक राखेको हो ।
आज राज वीरेन्द्रको जन्म जयन्तीको अवसर पारेर सालिक राखिएको जनाइएको छ ।
राजाको प्रतीमा निर्माण गरिएको उक्त चौकमा राजा वीरेन्द्रको शालिक राखिएको थियो । तर, २०६२–०६३ को जनआन्दोलन हुँदा सालिक हटाइएको थियो ।

वीरेन्द्रनगर नगरपालिकाले वीरेन्द्र चौक पुर्ननिर्माण गरेपनि सालिक भने राखेको थिएन । पुर्ननिर्माण भएको लामो समयसम्म सालिक राख्ने वा नराख्ने विषयमा विवाद भैरहेको थियो । यद्यपी नगरपालिकासँग समन्वय नगरी स्वतन्त्र सुर्खेतबासी जनता समुहले आज सालिक राखिदिएको हो ।
वीरेन्द्रनगर नगरपालिकासँग सालिक राख्ने विषयमा उक्त समुहले समन्वय नगरेको नगरप्रमुख देव कुमार सुवेदीले बताए । ‘शालिक राख्ने विषयमा उक्त समुहले समन्वय गरेको थिएन । मैले भर्खरै मात्र जानकारी पाँए ।’ नगरप्रमुख सुवेदीले भने, ‘सालिक राख्ने नराख्ने विषयमा कानुनी व्यवस्था त छैन तर समन्वय हुनुपर्ने थियो ।’

