हराएका बालक भेटिए, प्रहरीले लगायाे अभिभावककाे जिम्मा
सुर्खेत । हराएका बालकलाइ प्रहरीले फेला पारेकाे छ । वीरेन्द्रनगर नगरपालिका वडा नम्बर २ घर भएका ११ वर्षीय प्रेम नेपालीलाइ बाँकेमा प्रहरीले फेला पारेकाे हाे । नेपालगञ्ज उपमहानगरपालिका-१५ जमूनाहामा बेबारिसे अवस्थामा रहेका नेपालीलाइ जमुनाहा प्रहरीले फेला पारेकाे हाे ।
प्रहरी नायव निरीक्षक मीनबहादुर विष्टकाे कमाण्डमा रहेकाे टाेलीले नेपालीलाइ फेला पारेकाे थियाे । बालकलाइ उनकै काकी नाता पर्ने सरस्वती नेपालीकाे जिम्मा लगाएकाे इलाका प्रहरी कार्यालय जमुनाहाले जानकारी दिएकाे छ ।
