Skip to main content

एमाले सुर्खेतको अध्यक्षमा अमृत बिसी विजयी

सुर्खेत । एमाले सुर्खेतको अध्यक्षमा अमृत बिसी विजयी भएका छन् ।

एमाले सुर्खेतको ८औं जिल्ला अधिवेशनबाट ३६८ मत ल्याएर विजयी बिसी भएका हुन् । अध्यक्षका प्रतिष्पर्धी डण्डी प्रसाद शर्मालाई १०१ मतले पछि पार्दै उनी एमाले सुर्खेतको अध्यक्ष बनेका हुन् । शर्माले २६७ मत ल्याएका छन् ।

पदाधिकारिहरुमा पनि बिसीकै प्यानल विजयी भएका छन् । उपाध्यक्षमा कुलमणी देबकोटा, सचिवमा कबिन्द्रकुमार केसी, उप –सचिवमा घनश्याम पाण्डे र बलबहादुर नेपाली विजयी भएका हुन् । देवकोटाले ३९४, केसीले ३९०, पाण्डेले ३९१ र नेपालीले ३६९ मत ल्याएर विजयी भएका छन् ।

No Comments yet!

Your Email address will not be published.


%d bloggers like this: