यती एयरलाइन्सका यात्रुलाई पठाओ चढ्दा छुट
पठाओ र हवाई कम्पनी यती एयरलाइन्सले यात्रुहरूको सहज यात्राका लागि सम्झौता गरेका छन् । सम्झौताअनुसार यात्रुले यती एयरलाइन्सको मोबाइल एप वा वेबसाइटबाट हवाई टिकट खरिद गर्दा पठाओको बाइक राइडमा २० प्रतिशत छुट पाउन सक्नेछन् भने कार लाइट ९ट्याक्सी० मा ५० प्रतिशत ९१७५ रुपैयाँ सम्म० छुट प्राप्त गर्न सक्नेछन् । यो अफर बुधबारबाटै लागू भएको छ ।
काठमाडौ उपत्यकाका यात्रुलाई एअरपोर्टसम्म जान र आफ्नो गन्तव्यबाट एयरपोर्ट फर्किएपछि स्थानीय गन्तव्यसम्म पुग्न सहजताका लागि यती एयरलाइन्स र पठाओले संयुक्त सहकार्यमा ‘सहज यात्रा’ अफर ल्याएका हुन् ।
हवाई यात्रुलाई एयरपोर्ट जान र आउन सहज यात्रा होस् भन्ने उद्देश्यले यति एयरलाइन्स सँग सम्झौता गरिएको पठाओको मार्केटिङ म्यानेजर सुरक्षा हमालले बताइन् । भविष्यमा यती एयरलाइन्सका सबै यात्रुलाई यो अफर लागू गर्ने योजना रहेको हमालले बताइन् ।
