दुर्गमकी चेलीको स्टाप नर्स पढने सपना अधुरै
माझखर्क,(दैलेख) । ठाटीकाँध गाउँपालिका –३ बजायाकी १४ बर्षिया सानै उमेर देखी स्टाप नर्स पढेर समाज सेवा गर्ने रहर थियो । दैलेखको दुर्गम गाउँमा जन्मिएकी भुवानसरा आमा विरामी हुँदा अस्पतालमा नर्सले उपचार गरेको देखेपछि उनलाई स्टाप नर्स पढने रहर जागेको थियो ।
तर विडम्बना स्टाप नर्स बन्ने सपना बोकेकी दशौदीको आजभोली भाई बहिनी रेखदेख घरायसी काममा अधिकाँश समय वित्ने गरेको छ । २०७२ सालमा आमा मनिषाको मृत्यु पछि घरायसी कामको बोझ भुवानसराको थाप्लोमा थोपरिएको हो । भुवानसरा पढाईमा राम्रो छात्रा हुन,तर आजभोली घरायसी कामको बोझले पहिले जस्तो पढाई नभएको शिक्षक भिमबहादुर भण्डारीले जानकारी दिए । कसैले आफुलाई सहयोग गरेमा स्टाप नर्स पढ्ने सपना पुरा हुनेमा आशावादी छन् ।
विहान उठने वित्तिकै ढिकी जाँतो,चुलो चौकामा उनको समय वित्छ । भाई बहिनीलाई खाना खुवाएर स्कुल पठाईसकेपछि मात्र आफु पढन जान्छन् । आर्थिक अवस्था कमजोर हुँदा भुवानसराका दाजु हिमराज दशौदीले विद्यालय जानको लागि कापी कलम झोलाको जोहो गर्न नसक्दा विद्यालय जान छोडी सकेका छन् । हिमराजले विद्यालय छोडेको चार बर्ष भयो ।
दाजु हिमबहादुरले त पढाई छोडे । अब मेरो पढाई पनि हुदैन जस्तो लागेको छ । भाई बहिनीलाई पढाउनु पर्याे भुवानसराले पिडा सुनाईन । आमा विरामी हुँदा घरमा धेरै ऋण लागेको छ । दशौदी परिवार अहिले त्यो ऋण कसरी तिर्ने चिन्तामा छन् ।

गाउँमा उत्पादन केही पनि हुदैन । उत्पादन भएको बस्तु विक्रीका लागि नजिक बजार छैन । छोराछोरीलाई कापी कलम र कपडा कसरी किन्ने भन्ने चिन्ता लागेको छ । छोराछोरी कहिले जुत्ता त कहिले स्कुलको कपडा भन्छन, नानीकी आमा विरामी हुँदा लिएको साहुँको ऋण तिर्न सकेको छैन मनबहादुर दशौदीले दुखेसो पोखे । मनबहादुरका घरमा ६ वटा बाख्रा, एकहल गोरु एकवटा भैसी छ । आम्दानीको स्रोत भनेको पनि यही हो । कलिलै उमेरमा पत्नी गुमाएका दशौदी छोराछोरीकै लागि मुग्लान नगएको बताउँछन् । छोराछोरी नाना छन, छोडेर कसरी जाने भारत गएको भए साहँको ऋण तिर्न सकिन्थ्यो, उनले थपे ।
आर्थिक अवस्था कमजोर भएका दशौदी परिवारका बालबालिका झोला नहुँदा बोरामा कापी किताब हालेर विद्यालय जान्छन् । तपेन्द्र र अमृता सरस्वती आधारभुत विद्यालय बजायामा पढछन् भने भुवनसरा माझखर्क विद्यालयमा पढने गरेको बाबु मनबहादुरले बताए । सरहरुले ड्रेस लगाएर आउनु भन्नुहुन्छ । म एक्लो मान्छे गाई बाख्रा चराउनेकी काममा जाने । छोरा छोरीलाई पढाएर जागिर खुवाउने रहर बाबु मनबहादुरको छ ।
