छात्राहरु बेहोसः ‘छाउ’हुँदा विद्यालय आएको भन्दै पूजा गर्ने तयारी
फागनु ११बैतडी,। पढ्न गएका छात्राहरु दिनदिनै बेहोस हुन थालेपछि ‘छाउ’महिनावारी भएको बेला विद्यालय जाने गरेको भन्दै अभिभावक र शिक्षकले क्षमा पूजा गर्ने तयारी गरेका छन् । बैतडीको दशरथ चन्द नगरपालिका–१०, रातामाटा स्थित दानेश्वर नागार्जुन माविका छात्राहरु एकपछि अर्को गर्दै दैनिक रुपमा विद्यायमै बेहोस् हुन थालेको विद्यायले जानकारी दिएको छ । छात्राहरु बेहास हुन थाले पछि फागुन १२ गतेदेखि सञ्चालन हुने परीक्षा १६ गते सम्मका लागि सारिएको विद्यलायका प्रधानाध्यापक गोपाल जोशीले बताउनुभयो ।
प्रधानाध्यापक जोशीले भने दुई चार दिन पहिले तीन जना छात्रा बेहोस भएर काँप्न थाले । फागुन ९ गतेका दिन त ११ जना छात्राहरु एकै चोटी कामे । त्यसपछि लगातार सबै छात्रा काम्न थालेका छन् । यसले गर्दा विद्यालयको पढाई नै प्रभावित बनेको छ । १२ गतेबाट सुरु गर्ने भनिएको परीक्षा १६ का लागि सारेका छौं ।’
स्थानीय अभिभावकले दानेश्वर नागार्जुन मन्दिरका नामबाट स्थापना भएको विद्यालयमा महिनावारी भएका छात्राहरु आउने गरेकोले क्षमा पूजा गर्न आग्रह गरेको प्रधानाध्यापक जोशीले बताए । उनले भने, केही अभिभावकले छाउ हुँदा विद्यालय जाने गरेकोले यस्तो भएको भन्दै छन् । स्थानीयवासीले दानेश्वर नागार्जुन देवता प्रति अगाध विश्वास गर्ने गरेका छन् । अभिभावकको मन शान्तिका लागि भए पनि पूजारी बोलाएर क्षमा पूजा गरि दिने भनेको छु ।’
देउताका कारण छात्राहरु बेहोस भएका हुन् भन्ने कुनै ग्यारेन्टी नभएकोले चिकित्सक बोलाएर मनोपरामर्श सञ्चालन गर्नु पर्ने प्रधानाध्यापक जोशीले बताए । विद्यालयमा चिकित्सकको टोली पठाई दिन नगरपालिकासँग आग्रह गरिएको छ उनले भने । छात्राहरु बेहोस हुन थालेको विषयमा जानकारी प्राप्त भएको बताउँदै जिल्ला अस्पताल बैतडीका डाक्टर वशन्तराज जोशीले बुधबार सम्म चिकित्सकको टोली खटाईने बताए । डाक्टर जोशीकाअनुसार किशोर अवस्थामा हुने ‘मास कन्सटेशन डिसअर्डर’ का कारण यस्तो समस्या आएको बताए ।
डाक्टर जोशीले भने, किशोर अवस्थामा हुने शारीरिक विकाससँगै मनमा अनेक कुरा आउँछन् । पूरा हुनन् सक्ने कतिपय कुरा मनमै दबाएर राख्दा चेतन मश्तिष्कले त्यो कुरालाई शारीरिक लक्षणका रुपमा व्यक्त गदिन्छ । यस्तो बेलामा मनोपरामर्श नै उपचारको विधि हो । ’ गोरखापत्रब अनलाईनबाट
