संखुवासभामा बस दुर्घटना: १४ जनाको मृत्यु, घाइतेको हेलिकप्टरबाट उद्धार गरिँदै
संखुवासभाबाट झापाको दमक जाँदै बसेको बस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ।
आज बिहान मादी नगरपालिका वडा नम्बर ६ स्थित सातघुम्तीमा बा ४ ख ७३५ नम्बरको बस दुर्घटनामा परेको प्रहरीले बताएको छ।
बसमा करिब २५ जना रहेको अनुमान छ।
बस दुर्घटनामा परेर १४ जनाको मृत्यु भएको घटनास्थल पुगेका प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले बताए।
पाँच जना घाइतेको उद्धार गरेर उपचारका लागि अस्पताल लगिएको छ। तीन जना गम्भीर घाइते छन्। उनीहरूलाई हेलिकोप्टर मगाएर उपचारका लागि लैजाने तयारी छ।
साथै गृहमन्त्री बालकृष्ण खाणले घाइतेको हेलिकोप्टरबाट उद्धार गर्न निर्देशन दिएका छन्।
बस सडकबाट करिब तीन सय मिटर तल खसेको छ।
ओखरबोटे बजारबाट झापाको दमकतर्फ जाँदै गरेको बस दुर्घटनामा परेको हो।
