बालिका करणी गरेको आरोपमा एक पक्राउ
दैलेख : बालिका करणी गरेको आरोपमा एकजना युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा भगवतीमाई गाउँपालिका –२ बेस्तडाका १८ बर्षिया मोहन बुढा हुन् ।
अन्दाजी १६ बर्षिया बालिकालाई युवकले जवरजस्ती करण गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । युवकले बालिकालाई जवरजस्तीकरणी गरेको पिडित परिवारको आरोप छ । पीडित परिवारले दिएको जाहेरी दरखास्तका आधारमा युवकलाई पक्राउ गरिएको प्रहरी नायत्र उपरिक्षक अनुपम श्रेष्ठले बताए ।
आरोपित युवालाई प्रहरीले पक्राउ जिल्ला अदालतबाट म्याद थप गरी घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । आरोपित युवा बुढालाई जिल्ला प्रहरी कार्यालय दैलेखको हिरासतमा राखिएको छ ।
