सिक्दै,सिकाउँदै कुमालखाडाबासी
दैलेख । “आलु,चना,मुसुुुरो केराउ लगाउथ्यौं । काउली,बन्दा,टमाटरको चलन थिएन । नुन र खुर्सानीसँग छाक टाथ्र्यौ । पाहुना आएको दिनमा छरछिमेकीबाट दही दुधको जोहो गर्नुपथ्यो । नुन र खुर्सानी नै हो,हाम्रा पालामा त तिउन (तरकारी) । वनपाखा मेलापात जाँदा चामल नै हो । तरकारी भनेकै आलु । धेरै बारीमा लगाउदैनौं थियौं । त्यसैले बर्ष दिनसम्म पु¥याउँथियौं ।” आठविस नगरपालिका –३ की ६५ बर्षिया धना कार्कीले पुराना दिनको खानपानको कहानी सुनाईन ।
आजभोली जस्तो उहि बेला विकास थिएन । आम्दानीको स्रोत हुदैन थियो । लोग्ने मान्छे भारतको मुग्लान,कालापहाड,मनाली बम्बैबाट कमाएर ल्याउथिए । त्यहीबाट गुजारा चल्थ्यो । हामी बैकिनीले (महिला) घर धान्थ्यौं । पुरुषले पराई देश । गाउँ पुरुष विहिन हुन्थ्यो । सिजनमा खेतबारी लगाएर पुरुष पराई देश जान्थे । चाडपर्वमा मात्र घर फर्किन चलन थियो । घर फर्किएको दिन रमझम नै हुन्थ्यो,विदेशिएका घर फर्केपछि,तर पराई देशमा पाएको पिडा सोध्ने समाज थिएन ।
केही बर्षपछि कर्णाली राजमार्गको ट्रयाक खोलिएपछि आशाका धर्सा देखा परे । सडकसँग बस्ती जोडिएपनि कुमालखाडीबासीको मुग्लान सँगको साईनो छुटेन । पुरानै कामले निरन्तरता पाईरह्यो । मनी कमाउन मुग्लान जाने । बस्तीमा स्वदेशमै बसेर आम्दानी हुन्छ भनेर सम्झाउने व्याक्ति थिएन । कालापहाड नगएर कहाँ जाने जहानपरिवार पाल्न पराईदेशमा पसिना बगाउनुपर्ने बाध्यता थियो,धर्मराज कार्कीले भने ।

तलतिर कर्णाली नदी, सिलेटको छाना परम्परागत शैलीमा निर्माण भएका घरले सुन्दर बस्ती पराईदेश जाने पुरुषको लर्कोले गाउँ नै सुनसान देखिन्थ्यो । गाउँमा कोही दुखी विरामी पर्दा महिला नै हुन्थे ।
तर पछिल्लो समय जाक्सी कुमालखाडाको गाउँले पहिचान बदलेको छ । पराईदेश जान छोडेर पुरुष गाउँकै तरकारीबारीमा भेटिन्छन् । आम्दानीको स्रोत गाउँकै तरकारी छ । तरकारीबाटै तराईमा जग्गा जमिन जोड्ने योजनामा छन् कुमालखाडाबासी ।
पुरुष विहिन हुँदा सुनसान बस्ती मानिस आवतजावतले रमझम बेग्लै छ । नुन र खुर्सानीको साहारामा छाक टार्ने गरेका कुमालखाडीबासी तरकारी उत्पादन गरेर विक्री गर्छन । आम्दानीको स्रोत नै तरकारी बनेको छ । विदेशीनेको संख्यामा कमी आएको छ । घरमै बसेर महिनामा २० हजारदेखी ३० हजारको आम्दानी गर्छन । गहूँबारी लगाउन छोडेर कृषकले तरकारीले गरा हराभरा पारेका छन् । कुमालखाडाबासीको तरकारी कालिकोट,सुर्खेत सम्म निर्यात हुने गर्छन ।

घर आँगन सफा र चिटिक्क छन् । राजमार्ग भएर आवतजावत गर्ने यात्री समेतले तरकारी खेती र स्थानीयबासीको लख काट्छन,मिहिनेत किसान रहेछन् भनेर स्थानीयबासी नैनबहादुर शाहीले बताए । पहिला पाहुना आएपछि के खुवाउने हो भनेर चिन्ता लाग्ने गथ्यौं आजभोली तरकारी नै नासो दिएर पठाउँछौं,खुशी हुदै ७५ बर्षिया विष्णा शाहीले बताईन ।
उहिले बेला छोरी पढाउने चलन पनि थियो । तरकारी लगाउन कसैले सिकाएनन् । हामीले त दुःख पायौं ।अब पछिल्लो कबिलालाई(जहानपरिवार ) लाई सुविस्था हुने भयौं ,उनले भनिन् ।
तरकारीको लागि टुनीबगर,राकमकर्णाली बजार,कालिकोट,अछामजिल्लातिर निर्यात भएपनि भने अनुसारको मुल्य नपाउँदा कृषक दुखी छन् । तरकारी संकलन केन्द्र नहुँदा कम मुल्यमा बेच्नुपर्ने हुन्छ । नत्र कुहिएर जान्छ । तरकारी कोल्डसेन्टर र स्थानीय पोलिहाउस भईदिएको भए सुविस्ता हुने थियो,नानी कार्किले दुखेसो पोखिन । तरकारी उत्पादन राम्रो भएपछि आजभोली गाउँका अन्य मान्छेपनि विदेश जान छोडेर तरकारीमै लाग्न थालेको कार्कीको भनाई छ । मैले त सहयोग पाएको छैन । आफनै लगानीमा तरकारी उत्पादन गरेको हुँ । अब सहयोग मिल्ला । अन्य हाम्रा मान्छेलाई सोसेक संस्थाले सहयोग गरेकोले तरकारीले गाउँ हराभरा भएको हो । कृषकले बारीमा काउली,बन्दगोपी,गाँजर,मुला,टमाटर उत्पादन गर्दै आएका छन् । एउटै सिजनबाट एउटै गरा तरकारीबाट आफुले १२ हजार रुपैयाँ आम्दानी गरेको शान्ती सिजापतिले बताईन । मैले पहिलो पटकको यो गरामा तरकारी विक्री गरेर १० हजार कमाईसकेको छु । अझै २० हजारजति तरकारी होला उनले तरकारी बारी तिर हेर्दै भनिन् । गाउँमा आफुहरुले तरकारी खेती लगाउन सिक्दै र सिकाउँदै गरेका छौं सिजापतिले थपिन ।
कुमालखाडालाई नमुना गाउँ बनाईदै
तरकारीखेती उत्पादन गर्दै आईरहेका आठविस नगरपालिका ३ को कुमालाखाडा गाउँलाई तरकारीको नमुना गाउँ बनाईने भएको छ । आठविस नगरपालिका र युरोपियन युनियन,डीसीए नेपालको आर्थिक सहयोगमा सोसेको सहजीकरणमा गाउँलाई तरकारीको नमुना गाउँ बनाउन लागिएको हो । नमुना गाउँ बनाउनको युरोपियन युनियन,डीसिए नेपालले झण्डै ९ लाख रुपैयाँको लगानी गरिसकेको छ ।

नमुना गाउँ बनाउनको लागि कृषकले गोठेमल सुधार,घरआँगन सरसफाई,फोहोर पाल्ने खाल्डो,जुठ्यान बनाउनुपर्ने छ । व्यवसाय तरकारीखेती,मुल्यश्रङखला,अनुसार टमाटर,काउली,आलु,बदाम लगायत ६ वटा नगदे बालीलाई अगाडी बढाईने सामाजिक सेवा केन्द्रका उप कार्यकारी निर्देशक वसन्त श्रेष्ठ बताए ।
हामीले कोल्ड स्टोर बनाउन सहयोग गछौं । सहकारी मार्फत योजना लागु गरिन्छ । आठविस नगरपालिका र सामाजिक सेवा केन्द्रको सहयोगमा कृषकलाई सहयोग गरिरहेका छौं । हामी नमुना गाउँ बनाएर नगरपालिकालाई नै हस्तान्तरण गर्ने हो । कृषकले उत्पादन गरेको तरकारीको बजारीकरणका लागि केहीदिन भित्र कर्मचारी राखिन्छ । अहिले त्यहाँबाट उत्पादन भएको तरकारी दैलेख,सुर्खेत,अछाम र जुम्ला समेत निर्यात हुने गरेको छ,उप कार्याकारी निर्देशक श्रेष्ठले भने ।

कृषकले लगाएको तरकारी खेतीमा समस्या नआउहोस भन्नेको लागि सहयोगी संस्था सोसेक दुईवटा कृषि प्राविधिक कर्मचारी समेत खटाएको छ । तरकारी खेतीमा आएको समस्या समाधान गाउँमै हुन्छ,हाम्रा प्राविधिक टोली गाउँमै छन् । कृषकले उत्पादन गरेको तरकारीमा अर्गानिक भएकोले यो अभियान कर्णाली प्रदेशको अर्गानिक प्रदेश बनाउने अभियानलाई समेत सहयोग पु¥याउँछ,उनले थपे ।
