दिवसले नछोएकी नारी
दैलेख । नेपालभर १११ औं अन्तराष्टिय« श्रमिक दिवस मनाई रहँदा नेपालको सम्पदा र कर्णाली प्रदेशको गहना मानिने राउटे समुदायका महिला दिवसको बारे बेखवर छन् । शहर गाउँघर जिल्ला सदरमुकाम, सबै ठाउँमा नारी दिवस मनाइरहँदा राउटे बस्तीमा नारी दिवसको रापले छोएकै छैन । राउटे महिला दिवसको बारे बेखवर छन् । सरकारी कार्यालय एवं गैरसरकारी संङघ सँस्थाले नारी दिवसको बारे जानकारी नगराई दिदा ती समुदायकी महिला दिवसको बारे अनविज्ञ भएका हुन् ।
गैरराउटे भन्दा राउटे महिलामा अधिकार पुरुष भन्दा बढी छ । पुरुषले काठको कु–काठ भाडा बनाउने गाउँबाट अन्न ल्याउने हुन्छ । राउटे महिला घरको आन्तरिक व्यवस्थापनका सर्बेसर्बा मानिन्छ । उनीहरुको काम खाना बनाउने तरकारीको जोहो गर्ने घर सफा राख्ने मात्र हो ।
पुरुषले कोशी,खाट,झुमा बनाएर गाउँघर डुल्ने सिकार गर्ने गर्छन । तर विधुवा महिलालाई उनीहरुको आफन्तले कोशी सहयोग गरेर खानाको जोहोको लागि गाउँघर डुल्छन् । कोशी बनाउन आउँदैन,आईमाई कोशी बनाउने होइन,यो लोग्नेले मात्र बनाउँछन विधुवा सुना शाहीले बताईन ।
नेपालमा १११ औं अन्तराष्ट्रिय महिला दिवस मनाइरहँदा दक्षिण एसियाको एकमात्र भ्रमणशिल समुदायकी ५७ वर्षिया गुमि शाही खानाको जोहो लागि कोशी लिएर गाउँघर डुल्दै थिइन । सबैतिर अधिकार,महिला माथि हुने हिंसाका घटनाले आक्रान्त बनेकी महिला अधिकारका लागि भाषण मात्र व्यस्त थिए ।
तर राउटे महिला बेलुकाको छाक टार्नको लागि अन्न नहुँदा गाउँतिर खानाको जोहो लागि व्यस्त थिइन । म त राडी हो,कोशी बनाउन आउँदैन भतिजोले बनाई दिएको कोशी लिएर धानको लागि गाउँतिर जान लागेको कहिल्यै नमाँझेका पहेला दाँत देखाउँदै दुखेसो पाखिन ।
नेपालमा सबै दिवसको बारे राउटे बस्तीमा जानकारी गराई मनाउँदा यो समुदायले केही सिक्न सक्ने ठाटीकाँध गाउँपालिका –६ रविन्द्रबहादुर थापाले बताए ।
राउटे महिलासँग साँचो कुरा बोल्न बन्देज राउटे समुदायमा महिलालाई साँचो कुरा बोल्न बन्देज गएिको छ । महिलासँग साँचो कुरा बोल्दा कहिलेकाही काम भएन भने दुःख मान्छन् । काम भईसकेपछि मात्र भन्नुपर्छ,राउटे महामुखिया महिनबहादुर शाहीले बताए । सबै कुरा महिलाले नबुझ्ने हुनाले महिलालाई सबै कुरा नभन्नु ।
महिलाले गैरराउटेका पुरुषसँग कुरा त्यति लामो सँग कुरा गर्न रुचाउदैन । साँचो कुरा महिलासँग बोल्नुहुदैन भन्ने राउटे पुरुषको भनाई छ । राउटे महिलामा जनचेतना जगाई यस्तो अधिकार बारे जानकारी गराए राउटे महिलामा सुधार आउन सक्छ,। ‘महिलाको जात हुदैन,केटाकेटीको बुद्धि हुदैन र रोटीको टाउको नहुने हुँदा महिलासँग साँचो कुरा नभन्नु भन्ने पुर्खाबाट चलिआएकोले हामीले त्यही कुरा मानिरहेका छौं अर्का राउटे मुखिया सुर्यनारायण शाहीले खुलासा गरे ।
तर गैरराउटे मनाउँदै आएका जुनसुकै सस्कृति र परम्पराको लागि यो समुदायले बडो ध्यानदिएर सुन्ने हेर्ने गरि मनोरञ्जन लिने गरेको अछाम तुर्माखाँद गाउँपालिकाका धनबहादुर विसीले बताए । उनले भने,बजारमा कसैको विहे भयो,नाचगान भयो,भने राउटे महिलाको लर्को लागेर हेर्न आउँछ । आगामी दिनमा राउटे बस्तीमा नारी दिवस मनाउँदा ती महिला केही कुरा सिक्न र बुझ्न सक्ने थिए,विसीले थपे ।
राउटे बस्तीमा पुरुषले नाच्छन् भने नाचको लागि आवश्यक पर्ने कपडा सिगार पटार चाहि महिलाको हुन्छ । माघे संक्राति,साउने संक्रातिमा मात्र वस्तीमा राउटे महिला र पुरुष सँग लणी गित गाउँछन् । राउटेले आफुलाई वनका राजा भन्न रुचाउँछन भने महिलाहरुले वनकी रानी भन्न मनपराउँछन । यो समुदाय आजभोली सुर्खेतको जंगलमा बसोबास गरिरहेका छन् ।
