भुमी माग्न गएका बादी समुदायमा सरुवा रोगको प्रकोप
दैलेख । खेतीपाती गर्नको लागि जग्गा जमिन माग्दै आएका बादी समुदायमा सरुवा रोगको प्रकोप देखिएको छ । जग्गाजमिनको माग्दै गर्दै १४ दिन अ िकर्णाली प्रदेशको राजधानी सुर्खेतको खुल्ला चौरमा बस्दै आएका बादी समुदायमा सरुवा रोगको प्रकोप देखिएको हो ।
धर्नामा बसेका अधिकाँश व्याक्तिमा रुघा,खोकी, ज्वरो,दम बढने खालका समस्या देखिएका छन् । खाना र सरसफाईको अभावमा खुल्ला चौरमा बसेर आन्दोलनमा उत्रिएका बादी समुदायमा यो समस्या देखिएको चिकित्सकको भनाई छ ।
सोमबार जनस्वास्थ्य कार्यालय सुर्खेतले बादी समुदाय बसेको स्थानमा स्वास्थ्य शिविर चलाएको छ । शिविरमा रहेका अधिकाँश मानिसमा दाद, लुतो, घाउखटिरा आउने जस्ता रोगका बिरामीहरु धेरै भेटिएको कर्णाली प्रदेश अस्पतालमा कार्यरत डाक्टर प्रदिप न्यौपानेले बताए ।
पाँच सय जना रहेको अधिकाँश व्यक्तिहरुमा पेटदुख्ने, ग्यास्ट्रिक, आँसु बग्ने, महिलाहरुमा पाठेयघर सम्बन्धी समस्या देखिएको छ ,डाक्टरले भने ।

उनले भने, दम, मधुमेह, उच्च रक्तचाप, लगायतको समस्या भएका वृद्धवृद्धाहरुमा अव्यवस्थित बसाइले समस्या बढेको छ हो ।’ एउटै पालमुनी सबै परिवारहरु बस्नुपर्ने बाध्यता, खानेपानी, शौचालय र सरसफाइको अभावले उनीहरुमा सरुवा रोगको प्रकोप बढदै गएको हो । स्वास्थ्य शिविरमा २ सय दश जनाको स्वास्थ्य जाँच गरिएको थियो।
बिरामीहरुलाई औषधी वितरण गरिएको जन स्वास्थ्य कार्यालयका सिनियर अहेब अमर रानाले जानकारी दिए ।
उनले भने ,‘जाँच गरिएका मध्ये दश जनालाई थप उपचारका लागि कर्णाली प्रदेश अस्पतालमा रिफर गरिएको छ । उनीहरुलाई जटिल समस्या देखिएकाले थप उपचारको लागि पठाइएको हो । वादी समुदायका अगुवा हिक्मत वादीले खाना र खानेपानीको निकै समस्या भएको गुनासो सुनाए । प्रदेश सरकारकै शरणमा भएपनि हाम्रो कुनै सुनुवाई छैन्,’उनले भने।
