छात्रालाई वितरण गरेको आईरन चक्की,विरोध पछि फिर्ता
दैलेख जिल्लाको ठाँटीकाँध गाउँपालिकाको कृष्ण माध्यामिक विद्यालयका छात्रालाई म्याद सकिएको आइरन चक्की वितरण पछि फिर्ता गरिएको छ । विद्यालयमा अध्यापन गराउँदै आएका शिक्षक जीवराज रेग्मीले म्यद नाघेको भनेर विरोध गरेपछि गाउँपालिकाको स्वास्थ्य शाखाले तत्काल आएर म्याद गुज्रेका आइरन चक्की फिर्ता लिएको हो ।
गएको आईतबार विद्यालयका छात्रालाई म्याद सकिएको आईरन चक्की वितरण गरिएको थियो । म अहिले दैलेख बजारमा एक कार्यक्रममा छु । मैले त्यहाँ छात्रालाई आइरन चक्की वितरण गर्ने जिम्मा उच्च मावि शिक्षक साहना कुमारी शाहीलाई दिएको थिएँ ।’ विद्यालयका प्रधानाध्यापक इला मल्ल शाहीले भनिन्, ‘म्याद गुज्रेको औषधी बाँडिएको खबर मैले पनि पाएको हो । मैले ती औषधी फिर्ता गर्न भनेपछि विद्यालयबाट फिर्ता भएको छ ।’ उनले म्याद गुज्रेको औषधी कसरी विद्यार्थीको हातमा गयो भन्ने बारेमा अनुसन्धान गर्ने र दोषीलाई कारवाही गर्ने बताईन । ‘स्वास्थ्य राम्रो बनाउनका लागि महिनावारी हुने समूहका छात्रालाई आइरन चक्की खुवाउन सुरु भएको हो ।’ उनले भनिन्, ‘ कसरी त्यस्तो भूल भयो आवश्यक छानविन गर्छौं ।’ उनले म्याद सकिएको आइरन चक्की कसैले पनि नखाएको दाबी गरिन । उक्त विद्यालयमा पाँच सय भन्दा बढि छात्राहरु अध्ययनरत रहेका छन् ।
यता, स्वास्थ्य शाखा प्रमुख रविन्द्र भण्डारीले शाखाबाट त्यस्तो लापरवाही नभएको दाबी गरे । ‘हामीले म्याद बाँकी रहेका चक्की पठाएका हौं । त्यहि विद्यालयले नै केहि गलत गरेको हुनसक्छ ।’ उनले भने, ‘सूचना आएको समयमा हामीले त्यहाँबाट पाँच सय चक्की म्याद गुज्रेको आइरन ल्याएका छौं ।’ उनले पालिका भरि तीस हजार चक्की आवश्यक पर्ने बताउँदै २९ हजार पाँच सय विद्यालयमा पुगिसकेको र म्याद गुज्रेको पाँच सय चक्की फिर्ता आएको बताए । कार्यालयमा थप २० हजार चक्की उपलब्ध रहेको उनको भनाई छ ।

म्याद गुज्रेको आइरन चक्की वितरण भएको भन्दै स्थानीयले विरोध गरेका छन् । ‘गाउँपालिका नजिकै रहेको विद्यालयमा त म्याद गुज्रेको औषधी बाँडियो । हामीलाई औषधी खोलेर दिने गरिएको थियो ।’ नियमित रुपमा आइरन चक्की सेवन गर्दै आइरहेकी कक्षा ९ की एक छात्राले भनिन्, ‘त्यहाँ शिक्षकले म्याद गुज्रेको भनेर नभनेको भए हामी सबैले खान्थ्यौं । त्यसले हामीलाई असर गथ्र्यौ । सरोकारवाला निकायले यस्तो गम्भीर लापरवाही गर्नेलाई तत्काल कारवाही गर्नुपर्ने माग गरिन । नेविसंघ ठाटीकाँले म्याद सकिएको आईरन चक्की वितरण गरि छात्राको स्वास्थ्यमाथि खेलवाड गरेको भन्दै छानविन गरि आवश्यक कारवाही गर्न माग गरेको नेविसंघ जिल्ला समिति सदस्य रविन्द्रबहादुर थापाले बताए ।
