आमा सहित ५ जनाले कर्णाली नदीमा हाम फाले,३ जना अझै बेपत्ता २ जनाको लाश भेटियो
दैलेख । सोमबार दैलेखको आठविस नगरपालिका –३ निमाईलका एउटै घरका ५ जनाले कर्णाली नदीमा हाम फालेका छन् । आमा सहित ४ जना बालबालिकाले नदीमा हाम फालेको २ जनाको शब भेटिएको जिल्ला प्रहरी कार्यालय दैलेखका नायब प्रहरीउपरिक्षक अनुपम श्रेष्ठले बताए ।
कर्णाली नदीमा हाम फालेका १४ बर्षिया कल्पना बडुवाल,११ बर्षिया सरिता बडुवालको शब अछामको पञ्चदेवल विनायक नगरपालिका –४ कर्णाली नदीमा माछा मार्ने प्रयोग गरिने डोरीमा बेरिएको अवस्थामा भेटिएको सनाखस्त भईसकेको प्रहरी प्रमुख श्रेष्ठले जानकारी दिए । उनले भने,३५ बर्षिय आमा सुकु बडुवाल र ८ बर्षिय ललित बडुवालर ५ बर्षिया रजनीबडुवालको शब भेटिएको छैन ।
भोली गोताखोर टोलीबाट शब खोजतलास गरिनेछ,उनले भने । मृतकका श्रीमान् मानसिंह बडुवाललाई ईलाका प्रहरी कार्यालय राकमले पक्राउ गरि अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय राकमले जनाएको छ ।
सोमबार विहान घरबाट हिडेका ५ जना परिवार माईतमा नभेटिएपछि आफन्तले खोजतलास गरिएको आठविस नगरपालिकाकी उपप्रमुख दिपा बोहराले बताईन । उनले भनिन, श्रीमानले दिनहुँ मदिरा सेवन गरेर झगडा गर्ने भएपछि आजित भएर नदीमा हाम फालेका हुनसक्छन । नदीमै दुईवटा शब भेटिनुले पनि हामफालेको हुनेसक्ने आंकलन गर्न सकिन्छ । मदिराकै कारण घरेलु हिंसालाई सहन गर्ने नसकेर आमा सहित ४ जना बच्चा हामफाल्न बाध्य भएका हुन् ।
नेपालभर १११ औं अन्तराष्ट्रिय श्रमिक दिवस मनाईरहँदा आठविस नगरपालिकाको ३ निमाईल बस्त ीभने शोकमग्न छ । एउटै घरका ५ जना बेपत्ता र मृत्युले गर्दा निमाईलबस्तीमा सन्नाटा छाएको स्थानीयबासी बताउँछन् । सुकु बडुवालले ४ जना बच्चा सहित नदीमा हाम फाल्नु पर्ने बाध्यताले गर्दा गाउँघरमा घरेलु हिंसा बढदै गएको जिल्लाका बुद्धिजिवी बताउँछन् । घरेलु हिंसालाई समयमै न्युनिकरण गर्न नसके आत्महत्या घटनामा बृद्धि हुने जानकारहरु बताउँछन् ।
