गाउँ पस्यो एमाले
दैलेख । दुई तिहाई बहुमत सरकार बनाएको नेकपा पार्टी भित्रको आपसी रसाकसी दुई समुहमा विभाजन भएका समुहलाई सर्वोच्च अदालतले पहिलेकै घरमा फर्काइ दिएपछि नेकपा एमाले भत्किएको घर बनाउन गाउँ पसेको छ । जिल्लाको उत्तरपुर्वि क्षेत्रमा पर्ने नौमुले गाउँपालिकामा सोमबार एमालेका नेता कार्यकर्ता भत्एिको घर बनाउन नौमुले गाउँ पुगेका हुन् । तत्कालिन जनयुद्धमा नेकपा माओवादीको हेडक्वाटर बनेको नौमुलेमा एमाले नेता कार्यकर्ता सर्वोच्चको फैसलापछि पहिलो कार्यक्रम गर्नुलाई जिल्लास्थित बुद्धिजिवीहरु ओली समुहले गिरेको साख जोगाउन लागेको आंकलन गरेका छन् । नेकपा दुई समुहमा विभाजनपछि नौमुले माधब र प्रचण्ड समुहको बाहुल्यता रहेको मानिन्छ ।
सोमबार नौमुले भएको कार्यक्रममालाई सम्बोधन गर्दै,ओली समुहका इन्र्चाज लक्ष्मी प्रसाद पोखरेलले भने,‘हामी पुरानै घरमा फर्केका छौं । दैलेखवासी सबै जना कतै बाटो विराए पनि आफ्नै घरमा फर्किने आशा गरेका छौं ।’ ‘विगतमा जे भए पनि आगामी दिनमा सबै एमाले मिल्नुको विकल्प छैन । सबै एकै ठाउँमा आउन आवश्यक छ । विगतको इमान्दारीताको इतिहास सम्झदै सबै कार्यकर्तालाई पुरानै घरमा आउन आग्रह गर्दछु ।’
एमाले नै जनताको आशा र अपेक्षाको केन्द्र विन्दु भएको बताउँदै सर्वोच्च अदालतले गरेको फैसला स्वागतयोग्य भएको बताए । भूमि आयोग दैलेखका अध्यक्ष एवम नेकपा एमालेका नेता सुर्यबहादुर शाहीले अब एमालेलाई गाउँ वस्तीमा सुदृढ गराउँदै लैजाने बताए ।‘हामी विगतमा यो वा त्यो बहानामा विभाजित भएपनि हाम्रो मुलघर नै नेकपा एमाले हो । अब हामी अदालतको आदेशसँगै गाउँ बस्तीमा जान्छौं ।’‘नेकपा एमालेका नीति, जनताको बहुदलिय जनवादलाई अंगिकार गर्दै कमिटी गठन तथा पुर्नगठन गर्ने अभियानमा छौं । नेता शाहीले भने, ‘म पार्टी एकताका पक्षमा लाग्न सबै कार्यकर्तालाई आव्हान गर्दै एमालेको झण्डामा गोलबद्ध भइ समृद्ध नेपाल निर्माणमा जुटन आग्रह गरे । कार्यक्रममा एमाले नेताहरु लोमन शर्मा, बखत भण्डारी, नारायण नगरपालिका प्रमुख रत्नबहादुर खड्का, नेता तेजबहादुर चन्दलगायतको सहभागिता रहेको थियो ।
