खनाल-नेपाल समूहद्वारा समानान्तर कमिटी गठन, कसलाई के जिम्मेवारी ?

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टीमा फेरबदल गरेको भोलिपल्टै एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपाल पक्षीय केन्द्रीय कमिटीको बैठकले समानान्तर कमिटी विस्तार गरेको छ । सो समुहको आज बसेको केटिमी बैठकले समानान्तर संरचना बनाएको हो।
विस्तारित कमिटिअनुसार प्रदेश १ को संयोजनको जिम्मा भीम आचार्यलाई, प्रदेश २ को घनश्याम भुसाललाई, बागमती प्रदेशको जिम्मा अष्टलक्ष्मी शाक्यलाई, गण्डकीको जिम्मा सुरेन्द्र पाण्डेलाई, लुम्बिनी र कर्णालीको जिम्मा युवराज ज्ञवालीलाई र सुदूरपश्चिमको जिम्मा भीम रावललाई दिइएको छ ।
यस्तै, सो समूहले विभागको पनि गठन गरेको छ । जसअनुसार, महिला विभागको जिम्मा अष्टलक्ष्मी शाक्य, बुद्धिजीवी विभागको जिम्मा प्रमेश हमाल, यवा विभागको प्रमुखमा रघुजी पन्त, विद्यार्थी विभागको जिम्मा गोकर्ण विष्ट, प्रचार विभागको जिम्मा योगेश भट्टराईलाई दिएको छ ।