बादी समुदाय गाउँ फर्किए
सुर्खेत । खेतीयोग्य जमिन पाउनुपर्ने माग लिएर कर्णाली प्रदेश आन्दोलन गएका दैलेखका बादी समुदाय गाउँ फर्किएका छन् । कर्णाली प्रदेश सरकारसँग पाँच बुदे सहमति भएपछि समुदाय गाउँ फर्किएका हुन् ।
प्रदेश सरकार सँग पाँच बुदे सहमति पछि आन्दोलन रोकेका बादी समुदाय घर फर्किने बसभाडा नपाउँदा प्रदेश राजधानी सुर्खेतको खुला चौरमा बस्दै आएका थिए ।
गाडी भाडा नपाएर घर फर्किन नसकेका बादी समुदायलाई दैलेखको दुल्लू नगरपालिका नगरप्रमुख घनश्याम भण्डारीले गाडीभाडाको व्यवस्था मिलाईदिएपछि खुलाचौरको बास छोडेर गाउँ फर्किएको नगरप्रमुख घनश्याम भण्डारीले जानकारी दिए । उनले भने, बादी समुदायका अगुवाहरुले हामी बसभाडा नपाएर सुर्खेतमा अलपत्र छौं भनेपछि घर जान बसको व्यवस्था गरिदिएको हौं ।
खेतीयोग्य जमिनको माग राख्दै आन्दोलनरत बादी समुदाय बस भाडा नहुँदा गाउँ फर्किन सकेका थिएनन् । दुल्लु नगरपालिका नगरप्रमुखले गाडीको व्यवस्था गरेपछि हामी घर फर्किन लागेको प्रेम बादीले बताए । ‘प्रदेश सरकारले हाम्रो मागसलाई सम्बोधन गर्न पहल गर्ने सहमति भएपछि हामी आन्दोलन छोडेर घर फिर्ता हुदै छौं । भाँडा नहुँदा खेरी सुर्खेतको खुल्ला चौरमा थियो ।
प्रदेश सरकारले सहमति भएका कुरालाई कान्र्यावयन गरेन भने पुनः आन्दोलन गरिनेछ,अबको आन्दोलन सशक्त हुने प्रेमबादीले भने ।
वादी समुदायका लागि प्रदेश सरकारले केन्द्र सरकारसँग जग्गा माग गर्ने, १० लाखसम्मको बिना ब्याज ऋणको व्यवस्था गर्ने, वादी समुदायको उत्थान र विकासका लागि दुई महिनाभित्र तथ्यपरक प्रतिवेदन पेस गर्न प्रदेश सरकारले तीन सदस्यीय कार्यदल गठन गर्ने लगायत पाँच बुँदे सहमति भएको छ ।
