‘पार्टीगत र पित पत्रकारिता नगर्नुहोला’
दैलेख । यहाँका प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले पार्टीगत पत्रकारिता नगर्न जिल्लास्थित पत्रकारलाई आग्रह गरेका छन् । आईतबार जिल्ला प्रशासन कार्यालयमा पत्रकार भेटघाट कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
पार्टीगत,पित पत्रकारिताले समाजलाई सही बाटो नदेखाएको भन्दै जनताका पक्षमा कलम चलाउन आग्रह गरेका हुन् । ‘पित पत्रकारिताले केही स्वार्थका लागि चाहाना पुरा गर्ला । भविष्यमा त्यसले स्वयं पत्रकारको जिवनमा समेत असफलता ल्याउँछ, । नागरिक सत्य तथ्य सुचनाबाट बञ्चित हुन्छन्” उनले भने ।
म कसैको रवाफ र प्रभावमा नरहेर आफुलाई दिएको अधिकार प्रयोग गरि अगाडी बढने र जिल्लामा हुने अनियमितता, घुसखोरी र विचौलिया धन्दा रोक्ने बताए ।
गत साता मात्रै प्रमुख जिल्ला अधिकारीको कार्यभार सम्हालेका प्रमुख जिल्ला अधिकारी प्याकुरेलले जिल्लामा हुने गरेको अनियमिततालाई निमिट्यान्न पार्न सक्दो प्रयास गर्ने बताएका हुन् ।
जिल्लामा पछिल्लो समयमा विभिन्न किसिमका अनियमितता मौलाउँदै गएको जनगुनासो आएकोले आफुले विशेष निगरानी राख्ने बताए । जिल्ला सदरमुकाममा सहारे खानेपानीले चल्र्को मुल्य असुल गरेको जनगुनासो आएकोले नारायण नगरपालिका बासिहरुलाई महशुल कम गराउन साहारे खानेपानी आयोजना र नारायण नगरपालिकासंग सहकार्य गर्ने बताए ।
त्यसैगरि राष्ट्रिय गौरव आयोजना सदरमुकाम दैलेख बजारहुँदै मध्यपहाडी राजमार्ग जोडिएले जिल्लाको पर्यटन प्रबद्र्धनमा सबै निकायहरुले सकारात्मक योगदान गरिरहेको औल्याउँदै त्यसले आफुले थप कामहरु गर्न सहज हुने बताए ।
सुर्खेत–दैलेख–कालिकोट सडक खण्डमा अझै पुलहरु निर्माणाधिन भएकाले पुल निर्माणका कामहरु फास्ट–ट्याकको माध्यमबाट सामाधान गर्ने, सरकारी कार्यालयमा दक्ष जनशक्तिको अभाव रहेकोले पत्रकारहरुलाई जिल्लामा दक्ष डाक्टर नहुदाँ जिल्लावासी नागरिकहरु महङ्गो शुल्क तिरेर बाहिर जानुपर्ने बाध्यता भएकोले कलम चलाइदिन अनुरोध समेत गरे ।
अधिकारी प्याकुरेलले बजार अनुगमनको लागि उद्योग बाणिज्य संघसँग सहकार्य गरेर काम अगाडी बढाउने, दैलेखमा बसपार्क भए पनि यातायातका साधनहरु बसपार्कमा नभई यत्रतत्र छरिएर रहने भएकाले यसको व्यवस्थापन गर्न, प्रत्येक स्थानीय तहमा भए गरेका काम कारबाहीको बारेमा एक पटक कार्ययोजना बनाएर अभियानकै रुपमा जाने र स्थानीय तहको वास्तविक वस्तु स्थिती ल्याउने प्रयासमा आफु रहेको जानकारी दिए ।
उनले कर्मचारीहरुको विषयमा आम नागरिकको धेरै मौखिक उजुरी र गुनासाहरु आएको भन्दै नागरिकहरुलाई सहज रुपमा सरकारी सेवा उपलब्ध गराउन सक्दो प्रयास गर्ने,जिल्लाका सरकारी कार्यालय र स्थानीय तहका सरकारी सवारी साधन दुरुपयोग रोक्ने शान्ती सुरक्षामा पहिलो प्राथमिकता रहेको छ,उनले भने ।
सोहि अबसरमा पत्रकारहरुले जिल्लामा भएका र हुने गरेका गतिविधिबारेमा कुरा राख्दै मध्यपहाडी राजमार्ग निर्माण, विद्युतमा भएको अनियमित, कर्मचारीको आचरण, स्थानीय तहका भएका काम कार्वाही, विकास निर्माणका काममा विशेष ध्यान पु¥याउन आग्रह गरेका थिए ।
