बदलिँदा राउटे
दैलेख । दक्षिण एशियाको एकमात्र अन्तिम भ्रमणशिल समुदाय हो राउटे । यो समुदायमा एक आपसमा गोप्यता छैन । धन सम्पत्ति कमाउने लोभ छैन । जातिय विभेद,वर्ग विभाजन छैन । यही विशिष्ट संस्कार नै राउटेको पहिचान हो । राउटेमा कल्याल ,रास्कोटी,सोमबंशी गरि तीन जाति छन् । रास्कोटी, कल्याल, सोमवंशी बिच विहेवारी हुने गर्दछ । गैरराउटे सँग विहेवारी गर्दैनन् । यो जाति आफ्नो परम्पराको निरन्तरता चाहान्छन ।
तर पछिल्लो समयमा परम्पराको निरन्तरता कायम हुदैन कि भन्ने चिन्ता पनि उत्तिकै बढेको देखिन्छ । राउटे समाजमा आएको खुकुलोपन र गैरराउटे सँग छिट्टै घुलमिल,मदिरा पिउने बानीले परम्परा जोगिदैन की भन्ने चिन्ता लागेको राउटे महामुखिया महिनबहादुर शाहीले बताए । “पहिला हाम्रो बगालमा पहिला गाउँका मान्छे कोही आउँदैन थिए । काठका कोशी,मधुश,आरी,झुमा अन्नसँग साटन गाउँ जान्थ्यौं । अन्न ल्याएर बेलुका घर फर्किन्थ्यौं । आजभोली बस्तीमा सजिलै सँग गाउँका मान्छे आवतजावत गर्ने,राउटे पनि मदिरा पिउन थालेपछि खुकुलो हुदै गएकोले परम्परा रहदैन भन्ने चिन्ता लागेको छ”,उनले भने ।
राउटेमा खुकुलो आउनु रहर नभएर बाध्यता बनेको स्थानीयबासी बताउँछन् । पहिला जताततै राष्ट्रिय वन हुन्थ्यो । निस्फिक्री राउटेले कु –काठ काट्थे । तर आजभोली हरेक राष्ट्रिय वन समुदायमा हस्तान्तरण भए । समुदायले जथाभावी कु–काठ काट्न दिएनन । जीविकोपार्जनको लागि एकपछि अर्को समुदाय सँगै बस्दै गए । समाजमा घुलमिल हुदै गएपछि राउटेमा खुकुलो पन आयो । रहर नभएरले आवश्यकताको पहिचान सँगै राउटे बदलिएका हुन्,ठाटीकाँध गाउँपालिका सुरेन्द्र बुढाले बताए ।
एक दशक अघि राउटे गैरराउटे सँग घुलमिल हुदैन थिए । काठका भाडाकुडा विक्री गर्न बाहेक अन्य कुरामा राउटे गैरराउटे सँग भेटघाट हुदैन थियो । कसैले कु–काठ काट्न नदिए मुखिया नै अगाडी सर्थे । अब त्यो छैन । नेपाल सरकारको दिने गरेको लोपोन्मुख भत्ता,सरकारी एवं गैरसरकारी संस्थाको सहयोगको नाममा बस्तीमा गैरराउटेको आवतजावत घुलमिल हुँदा राउटेको संस्कार बदलियो । दोस्रो जनआन्दोलन ०६२।०६३ पछि नै गैरराउटेलाई बस्तीमा जान बन्देज लगाउने कुरा खुकुलो हुदै गएको आठविस नगरपालिका खगेन्द्रबहादर शाहीको भनाई छ ।
संघियता सँगै यो समुदायका दिनचार्य बदलिएका छन् । पहिले जसरी राउटे भाँडाकुडा बनाउदैन । एकातिर काठको अभाव,अर्कोतिर विक्री नहुने हुँदा र बजारको प्रतिस्पर्धा राउटेका भाँडाकुडाले स्थान लिन नसक्दा उनको दिनचार्य बदलिएको हो । सरकारी भत्ता र गैरसरकारी सहयोगले नै राउटेको आनीवानीमा परिवर्तन ल्याईदियो । राउटेलाई अल्छी बनायो । आत्मनिर्भर बनेका समुदाय भत्ता र गैरसरकारी संस्थाको आशले परनिर्भर बने । सरकारले भत्ता नदिए जसोतसो गरि यो समुदाय गुजारा चलाउँथे । संस्कारमा खुकुलो पन आउने थिएन ।
बालबालिकाको शिक्षा मोह

स्थायी बसोबास,लेखपढ,खेतीपाती यो समुदायका महाशत्रु हुन् । पछिल्लो समय भने,राउटे समुदायका बालबालिका महाशत्रु ठानिएको लेखपढतिर ध्यान जान थालेको छ । बुढापाका आमा बाबु नदेख्ने गरि बस्ती टाढा गएर लुकीछिपी पढन थालेको एईआईएन लक्जेवर्गको आर्थिक सहयोगमा सामजिक सेवा केन्द्र सोसेक द्धारा सञ्चालित राउटे परियोजनाका कर्मचारी लालबहादुर खत्रीले जानकारी दिए ।
राउटे समुदायका बुढापाका त पढन मान्दैनन् । तर बालबालिकामा शिक्षा मोह जागेको छ । पढन रहर लागेर उनीहरु आमा बाबुबाट लुकीछिपी पढछन् । केही बालबालिका आफ्नो नाम समेत लेख्ने चिन्ने भईसकेका छन् । राउटे बस्तीमा आउने विदेशी पर्यटक सँग कुरा गर्न सजिलो होस भन्नका लागि आफुहरु पढन थालेको बृषबहादुर शाहीले बताए ।
उनले भने,तपाईहरु सँग हामी कुरा गर्न सक्छ । तपाईले लेखेर ल्याएको पढन सक्दैन । कुईरेको भाषा पनि बुझिदैन । विदेशीको भाषा बुझ्ने तपाईहरुले लेखेर ल्याएको कुरा पढन जान्यौं भन्या सजिलो होला भनेर पढन थालेका हौं । पढेर जागिरे खाने रहर छैन । जागिर खाने त तपाईले हो हामीले होइन, उनले भने ।

पढाईसँगै सोसेक संस्थाले राउटे बस्तीमा स्वास्थ्य उपचार,सरसफार्ई काम थालेको सोसेकका संस्थापक अध्यक्ष हिरासिंह थापाले बताए । राउटे परियोजनाले घुम्ती शिक्षा र घुम्ती स्वास्थ्य सञ्चालन गरेको छ । जहाँ राउटे जान्छन् । त्यही शिक्षक र स्वास्थ्यकर्मी जाने गरेको उनको भनाई छ । परियोजना सञ्चालनपछि यो समुदायमा सरसफाई,कपडाधुने नुहाउने गरेका छन् ।
सधैजसो जहाँत्यही फोहोर हुने बस्ती सफासुग्घर देखिएका छन् उनले । बर्षको एकदिन मात्र नुहाउने गर्ने यो समुदाय आजभोली हप्तादिनमै नुहाउने गर्छन । जहाँ बस्यो त्यही छाप्रो सँगै फोहोर हाल्ने खाल्डो समेत बनाउने गरेका छन् । पहिलो जस्तो बस्ती छिर्दा नाक छोप्नुपर्ने अवस्था छैन स्वास्थ्कर्मी विनोद विसीले बताए ।
जंगल जडीबुटीको विश्वास गर्दै आएका यो समुदायका नागरिक आजभोली हातखुट्टा चोटपटक लाग्ने वित्तिकै औषधी चाहियो भनेर स्वास्थ्य संघ संस्था जाने गर्दछन,विसी भने । यो समुदायका महिला भने सुरक्षित सुत्केरी स्वास्थ्य संस्था नगएर छाप्रोभित्र
बच्चा जन्माउँछन् । दैलेखको भगवतीमाई गाउँपालिकाको बेस्तडाको जंगलमा बसोबास गर्दै आएका राउटे समुदायको जनसंख्या १ सय ४४ रहेको छ ।
यो पनि ;
