दैलेखमा सुत्केरी महिलाको शंकास्पद मृत्यु
दैलेख । जिल्लाको पश्चिममा पर्ने ठाटिकाँध गाउँपालिका–६ की एक सुत्केरी महिलाको संकास्पत मृत्यु भएको छ । सुत्केरी भएको पन्ध्र दिन पछि उनको मृत्यु भएको हो ।
मृत्यु हुनेमा ठाटिकाँध–६ बस्ने शेरबहादुर रोकायकी श्रीमती ३२ बर्षिष हस्तना थापा रोकायारहेको दैलेख प्रहरीले जनाएको छ ।
बुधवार स्थानीय ठाटिकाँध बजार गएर साँझ फर्के पछि बच्चा र श्रीमान् शेररबहादुर सँगै सुतेकी हस्तनाको मृत्यु भएको दैलेखका प्रहरी प्रमुख अनुपम श्रेष्ठले बताए ।
प्रहरीका अनुसार हस्ताको मृत्यु संखास्पद देखिएकाले थप अनुसन्धानका लागि श्रीमान् सेरबहादुरलाई नियन्त्रणमा राखिएको जनाएको छ ।
उनको के कारणले मृत्यु भएको हो भन्ने कुरा पोस्ट मार्टमा रिपोट पछि खुल्ने प्रहरी प्रमुख श्रेष्ठले बताए । गएको भाद्र महिनामा ठाटीकाँध गाउँपालिका १ की एकजना महिलाको मृत्यु भएको थियो ।
