गृहमन्त्री थापालाई माओवादी केन्द्रले सांसद पदबाट हटायो
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) गृहमन्त्री राम बहादुर थापा‘ ‘बादल’ लाई राष्ट्रियसभामा आफ्नो पार्टीको सांसद नरहेको जानकारी गराएको छ । थापाले दल त्याग गरेको पत्र माओवादी केन्द्रका राष्ट्रियसभा संसदीय दलका नेता दिनानाथ शर्माले संघीय संसद सचिवालयलाई बुझाएका हुन् ।
माओवादी केन्द्रले एमालेमा गएका राष्ट्रियसभा सदस्य चन्द्रबहादुर खड्कालाई पनि कारबाही प्रक्रिया अगाडि बढाएको छ । उनलाई कारबाहीका लागि २४ घन्टे स्पष्टिकरण सोधिएको जानकारी शर्माले दिए । यसअघि माओवादी केन्द्रले एमालेमा प्रवेश गरेका प्रतिनिधिसभाका टोप बहादुर रायमाझी, लेखराज भट्ट, गौरीशंकर चौधरी र प्रभु साहलाई कारबाही गरिसकेको छ ।
