पत्रकार महासंघ दैलेखमा यज्ञराज थापाकाे प्यानल विजयी
पत्रकार महासंघ दैलेखकाे अध्यक्षमा यज्ञराज थापा विजयी भएका छन् । उपाध्यक्ष महिला बाहेकका सबै पदमा थापाकाे प्यानल विजयी भएकाे हाे । दैलेखमा कूल मतदाता ९२ रहेकाेमा ८७ मत खसेकाे थियाे । जसमध्ये निर्वाचित अध्यक्ष थापाले ५५ मत प्राप्त गरेका छन् भने उनकाे प्रतिद्वन्दी पुरूषाेत्तम थापा (पुस्कर)ले ३२ मत प्राप्त गरेका छन् ।
उपाध्यक्ष पदमा महेन्द्र सापकाेटाले ५० मत ल्याएर विजयी भएका छन् भने उनका प्रतिद्वन्दी कमलप्रसाद शर्माले ३७ मतले पराजीत भएका छन् । यस्तै उपाध्यक्ष महिलामा बालकुमारी बुढाले ४६ मतले विजयी भएका छन् भने उनकै प्रतिद्वन्दी रजनीकुमारी याेगीले ४१ मतले पराजित भएकी छन् । निर्वाचीत थापाकाे प्यानलबाट उपाध्यक्ष बाहेकका सबै उम्मेदवार विजयी भएका हुन् ।
यसैगरि सचिवमा भक्तबहादुर शाहीले ५१ मतले विजयी भएका छन् भने उनका प्रतिद्वन्दी हिक्मतबहादुर नेपालीले ३५ मतले पराजित भएका छन् ।
