चार मन्त्रीलाई राष्ट्रपतिद्वारा सपथ

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्नियुक्त चार मन्त्रीलाई पद तथा गोपनियताको शपथ ग्रहण गराएकी छिन् । राष्ट्रपति कार्यालयमा शुक्रबार चार मन्त्रीको सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रीमा टोपबहादुर रायमाझी,उद्योग, वाणिज्य तथा आपूर्तिमा लेखराज भट्ट, सहरी विकासमन्त्रीमा प्रभु साह र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीमा गौरीशंकर चौधरीलाई सिफारिस गरेका थिए ।
सपथ ग्रहण कार्यक्रममा प्रधानमन्त्री ओलीको उपस्थिति रहेको थियो । पुनर्नियुक्ति मन्त्रीहरूले आजै पदभार ग्रहण गर्ने कार्यक्रम रहेको छ ।
पुनर्नियुक्त चार मन्त्रीहरुलाई नेकपा (माओवादी केन्द्र)को कारबाही गरेको थियो । प्रतिनिधिसभा सदस्य नभएको व्यक्ति पनि ६ महिनासम्म मन्त्री हुन पाउने संवैधानिक व्यवस्था अनुसार माओवादीबाट एमाले बनेका नेताहरुलाई पुनर्नियुक्ति दिइएको हो।