हराउदै हटारु प्रथा

दैलेख । एक समय थियो । देशका ठुला सहर बाहेक जिल्ला सदरमुकाम सम्म सडक जोडिएको थिएन । त्यतिवेला गाउँका पाका तन्नेरी घरबाटै सामल (बाटो खर्च) लिएर नुन,चामल ल्याउन हाट (हटारु) जानुपथ्र्यो । गाउँघरबाट एकैपटक एक दर्जन भन्दा वढी मानिस नुन ल्याउन जाँदा गावै खाली हुन्थ्यो । नुन र चामल ल्याउन कानपुर,बानिँया,राजापुर गोलाघाट,नेपालगञ्ज जानुपथ्र्यो ।
कामको सिजन सकिएपछि मात्र चाडपर्व नजिकै आउँदा आवश्यक पर्ने सामाग्री ल्याउन दुई हप्ता अगावै गाउँ छोडुन पर्ने बाध्यता थियो,कर्णाली प्रदेशका पहाडी जिल्ला र कर्णालीका बासिन्दालाई । दुई हप्ताको समय खर्चेर घर फर्किन्थे हटारु । बाटोमा कोही विरामी पर्दा दुई हप्ता भन्दा वढी पनि लाग्ने गथ्र्यो ।
भित्री मधेश मानिने कर्णाली प्रदेशको राजधानी सुर्खेत तिर औलो रोगको कारण कतिपय हटारु बाटैमा बिरामी भएर मृत्यु हुने गरेको आठविसका प्रेम खड्काले जानकारी दिए । पहिलेका हटारुले प्राय जसो बास बस्ने गरेकाले हटारुखोला नाम राखिएका छन् । तत्कालिन समयमा कर्णाली अञ्चलका बासिन्दा र भेरी अञ्चलका पहाडी जिल्लाका मानिस हटारु जाने गरेको चामुण्डाविन्द्रासैनीका भगे कामी बताए । ‘हटारुलाई चोरले बञ्चरो प्रहार गरि ज्यान लिएकाले कतिपयको औलो रोगका कारण मृत्यु भएकाले केही ठाउँको नाम कालगौडा,बञ्चरे गौडा राखिएको छ ,उनले थपे । अब त्यसो छैन् । जिल्ला सदरमुकाम मात्र होइन गाउँघरमा सडक जोडिएपछि गाउँबासीले स्थानीय बजारबाटै चामल,नुन पाउन थालेका छन् । गाउँघरमै नुन चामल पाउन थालेपछि हाट जाने हटारु प्रथा हराएको ठाटिकाँध १ का देउराम बुढाले बताए । उनले भने,‘आजभोलिका जस्ता उहिबेला पुल थियाँनन् कर्णाली नदीमा नाउलो तर्दा छियौं, पालो नपाएर तीन चार दिन बास बस्नु पथ्र्यौ । ’ उतिवेला हाट जाँदा पैदल जानुपर्दा घनाजंगलमा बास बस्नुपर्ने र राती जंगली जनावरको डरले आगो बालेर रात कटाउँथ्र्यौ ।
उनी मात्र होइनन् सोही ठाउँका जक्ति थापा भने ,सडक जोडिएपछि गाउँघर नजिकै सबै चिजविज पाइन थालेपछि पुराना दुःख सम्झनामा मात्र रहेको बताउँछन् । घरमै नुन चामल सडक आउला भनेर भनेर सोचेको थिएन । म १२ वर्षको उमेरमा हाट गएको हौं,दहीमान्छे । पहिलो पटक हाट गएकाले घरमा केही सानो बस्तु ल्याउने चलन थियो । मैले कटौरा ल्याए । कर्णाली नदीमा नाउलो(डुङ्गा) तर्दा पालो नआएपछि छेलो हान्थ्यौं, जितेकालाई भेली पुरस्कार हुन्थ्यो सबै साथी बाँडेर खान्थ्यौं । साथी भाई हाट गएपछि नुन र चामल ल्याउन गएका मानिस घर फर्किन्छ वा फर्किन भन्ने चिन्ता लागिरहने नैनबहादुर भण्डारीले बताए । ‘आजभोलीको खाडी मुलुकमा पैसा कमाउन गएजस्तै थियो,त्यतिवेलाका हटारु काम । ’
संघियता सँगै स्थानीय सरकार गठन भएपछि जिल्लाका ११ वटै नगरपालिकामा र गाउँपालिकामा सडक सञ्जाल जोडिएको छ । सडक सञ्चाल सँगै गाउँनगर बजार भएपछि राजपुर,गोलाघाट नेपालगञ्ज जानु पर्ने बाध्यता हटेको छ । दैलेखको भगवतीमाई गाउँपालिकाको बेस्तडा,नौमुले गाउँपालिकाको नौमुले,गुराँस गाउँपालिकाको गुराँसे कान्छीबजार,धर्मपोखरा डुड्डेश्वर गाउँपालिका माथिल्लो डुङ्घेश्वर,चुप्रा महाबु गाउँपालिका गैडाबाज,दुल्लूनगरपालिकाको दुल्लूबजार,विनायक वैक,शान्तीबजार,सातखम्ब र चामुण्डाविन्द्रासैनी नगरपालिकाको जम्बुकाँध पाल्तडा,पादुका, आठविस नगरपालिकाको राकमकर्णाली खिड्की जिउला,टुनीबगर,रामाघाट असाराघाट,डाब र ठाटिकाँध गाउँपालिको ठाटिकाँध,मटटेला,बाहकोटमा बजार र नारायण नगरपालिकाको जिल्ला सदरमुकाम खुर्सानीबारीमा बजजार विस्तार हुँदा त्यहाँका स्थानीयबाट बजारबाट आधारभुत समान किन्ने गरेका छन् ।