शिक्षक संघको अध्यक्षमा नेपाली
दैलेख । नेपाल शिक्षक संघ जिल्ला समिति दैलेखको नवौं जिल्ला अधिवेशनबाट नयाँ नेतृत्वको चयन भएको छ । अध्यक्ष पदका प्रत्यासी रेशम नेपालीले ४ सय ७६ मत पाई निर्बाचित भएका हुन। कुल मतदाता ११ सय ८० मध्ये ९ सय ४३ मत खसेको थियो ।
नेपालिका निकटतम् प्रतिद्वन्द्वी देवीराम आचार्यले ४ सय ५७ मत प्राप्त गरेका थिए । नेपाली र आचार्य बिच १५ मत फरक छ । त्यसैगरी गणेशप्रसाद खनाल, सचिव पूर्णप्रसाद भट्टराई, खुला सहसचिव ध्रुवनाथ योगी, समावेशी सहसचिवद्वय खगेन्द्रबहादुर शाही र चक्रबहादुर गुरुङ निर्वाचित भएका छन ।
एक अध्यक्ष, महिला र खुला समेत दुई उपाध्यक्ष, अर्थ र खुला गरि दुई सचिव, पाँच सहसचिव, कम्तीमा तीन महिला सहित सात जना सदस्यहरुको प्रत्यक्ष निर्वाचन प्रणालीबाट जिल्ला कार्य समिति चुन्न शनिबार मतदान भएको थियो ।
शनिबार रातिदेखि भएको मतगणना परिणाम अनुसार चार जना खुला सदस्यहरु उत्तम रिजाल, पंखबहादुर कठायत, दीपकबहादुर शाही र कलमबहादुर रावल निर्बाचित भएका छन ।
विधान अनुसार हरेक पालिका समितिबाट निर्वाचित अध्यक्षहरु जिल्ला कार्य समितिको सदस्य रहने व्यवस्था छ । दैलेखका ११ स्थानीय तहका अध्यक्ष जिल्ला कार्य समितिमा समाबेश भएका छन ।
जिल्ला कार्यसमितिका पदाधिकारीका अलवा संघीय महाधिवेशन प्रतिनिधि दुई महिला समेत सात जना र प्रदेश महाधिवेशन प्रतिनिधिमा तीन महिला सहित आठ जना प्रतिनिधिको चुनिएका हुन ।
निर्वाचनमा महिला उपाध्यक्ष लक्ष्मी थापा, अर्थ सचिव रुपेश चन्द, महिला सहसचिव पद्मा शर्मा, अर्थ सहसचिव माण्डवी सिंह ठकुरी, प्रदेश प्रतिनिधि तीन महिलाहरु टीकाकुमारी थापा, भुवनलक्ष्मी थापा र राधिका शाही निर्विरोध निर्वाचित भइसकेका निर्वाचन अधिकृत श्रेष्ठले जानकारी दिए।
मतगणना परिणाम अनुसार संघीय महाधिवेशन प्रतिनिधिमा पाँच जना पुरुषहरु गणेश प्रसाद खनाल, केशव भण्डारी, कृष्ण बहादुर थापा, टंक बहादुर कार्की र डम्बर खनाल निर्वाचित भएका छन । महिला दुई जना अमृताकुमारी बीसी र भीमकुमारी भण्डारी निर्बाचित भएकी छन ।
त्यसैगरी प्रदेश महाधिवेशन प्रतिनिधिमा पाँच जना पुरुषहरु जनकबहादुर कार्की, राजेन्द्र लम्साल, खगेन्द्र खत्री, लवबहादुर शाही र धर्मप्रसाद उपाध्याय निर्वाचित भएको निर्बाचन अधिकृत कृष्णबहादुर श्रेष्ठले जानकारी दिेए ।