फेरिदै कोतगढी
दैलेख । सदरमुकामको पुरानो बजारमा रहेको कोतगढीको स्वरुप फेरिएको छ । तीनबर्ष अघिसम्म फोहोर फाल्ने र शौच गर्ने थलो बनेको कोतगढीमा सरकारी एवं गैरसरकारी संस्थाले १ करोड ६ लाख ३२ हजार १ सय खर्च गरेर घेरवार,वाला उत्खनन निर्माण गरेपछि कोतगढीको स्वरुप फेरिएको हो ।
कोतगढी तारबार लगाएर सुरक्षित बनेपछि कोतगढी भित्र केही बर्ष सुर्खेत लगिएको सुन्दरी तोप ल्याएर गढीमा राखिएको छ । सुन्द्री तोप र कोतगढीमा घेरवार,वाला सरसफाई पछि आन्तरिक वा बाह्य पर्यटकको घुईचो लाग्ने गरेको छ । कोतगढीमा साउनयता चार हजार भन्दा बढीले अवलोकन गरेको नारायण नगरपालिकाले जनाएको छ ।

आर्थिक बर्ष ०७६।०७७ कर्णाली प्रदेशको ४० लाख र नगरपालिकाको १३ लाख कोतगढी को लागि भन्दै घेरवार,वालको लागि ५३ लाख खर्च ग¥यो । भने वन डिभिजनबाट आर्थिक बर्ष ०७७।०७८ मा २० लाखको लगानीमा गढीवरिपरि माटो बग्न नदिनको लागि पर्खाल लगाइएको थियो ।
संयुक्त राष्ट संघिय विकास कार्यक्रमको जिविकोपार्जन पुनरुत्थानका लागि दिगो पर्यटन गैरसरकारी संस्था सेवकले २३ लाख ३२ हजार १ सय र नारायण नगरपालिकाका नगरपालिकाको १० लाख गरि ३३ लाख ३२ हजारमा १ सय लगानीमा पहिलाको सिमेन्टको वाला भत्काई पुनःसंरक्षणको नाममा उपभोक्ता समिति मार्फत कोतगढी भित्र उत्खनन गरेको छ ।
१२ फिट अग्लो गढीमा १३ वटा त्रिकोणात्मक १३ प्वाल छन् भने ५० देखि ७० मिटरसम्म क्षेत्र ओगटेको छ । बाहिरबाट हेर्दा कुनै बेला युद्ध प्रतिरक्षाका लागि निर्माण गरिएको जस्तो देखिने गढी रणबहादुर शाहका पालामा बनेको हुन सक्ने आंकलन गरेपनि तथ्य भेटिएको छैन ।
