कोरोना संक्रमणको ‘चेन ब्रेक’ गर्ने सोसेकद्धारा स्वास्थ्य सामाग्री हस्तान्तरण
दैलेख । दोस्रो चरणको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको दर बढ्दै जाँदा संक्रमण नियन्त्रण, रोकथाम लागि सामाजिक सेवा केन्द्र नेपाल सोसेक द्धारा तीन पालिकालाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ । तीनवटा पालिकामा लाई करिब तीनलाख बरार स्वास्थ्य सामाग्री वितरण गरिएको हो ।
प्रदेश ७ को अछाम जिल्लाको पञ्चदेवल नगरपालिका दैलेखको दुल्लू नगरपालिका र आठविस नगरपालिकामा कोरोना रोकथामको लागि स्वास्थ्य सामाग्री वितरण गरिएको गैरसरकारी संस्था सोसेकका संस्थापक हिरासिंह थापाले जानकारी दिए । उनले भने हाम्रो संस्थाले डिसिए नेपालको आर्र्थिक सहयोगमा स्वास्थ्य सामाग्री वितरण गरेको हो ।

संक्रमण फैलिन नदिनको लागि आफुहरुले नगरपालिका लगायत काम गरिरहेको समुदायमा स्वास्थ्य सामाग्री वितरण गर्नुका साथै जनचेतना जगाएको जानकारी दिए । नयाँ भेरियन्ट सहितको कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रण र संक्रमितहरुको उपचारमा सहयोग पु¥याउन स्थानीय तहलाई स्वास्थ्य तथा सरसफाई सामग्री हस्तान्तरण गरिएको संस्थाका संस्थापक अध्यक्ष हीरासिंह थापाले बताए ।

दुल्लु नगरपालिकाका मेयर घनश्याम भण्डारीले देश दोस्रो चरणको कोभिड–१९को संक्रमणले आक्रान्त भईरहेको बेला साझेदार निकायहरुको सहयोग महत्वपूर्ण रहेको बताए । महामारीको समयमा सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखले गर्दै आएको सहयोगका लागि सह्रायिन छ । गतबर्ष पनि दुल्लू नगरपालिकाले सहयोग पाएको जानकारी दिदै धन्यवाद दिए ।

दुल्लु नगरपालिकालाई एक लाख ९ हजार ५ सय बराबरको आठ हजार थान नर्मल मास्क, २ सय एन नाइन्टी फाइभ मास्क, २४० एमएलको तीन सय बोटल हेण्ड स्यानीटाइजर, २० थान पलास्टिकको डस्वीन, २० थान १३ लिटरको स्टिलको फिल्टर र दुई सय थान १२५ ग्रामको साबुन हस्तान्तरण गरिएको हो ।
यस्तै आठबीस नगरपालिकालाई ५ हजार थान नर्मल मास्क, १ सय एन नाइन्टी फाइभ मास्क, २४० एमएलको २ सय बोटल हेण्ड स्यानीटाइजर, १० थान पलास्टिकको डस्वीन, २० थान १३ लिटरको स्टिलको फिल्टर र दुई सय थान १२५ ग्रामको साबुन हस्तान्तरण गरिएको हो ।
अछामको पंचदेवल विनायक नगरपालिकालाई ५ हजार थान नर्मल मास्क, १ सय एन नाइन्टी फाइभ मास्क, २४० एमएलको २ सय बोटल हेण्ड स्यानीटाइजर, १० थान पलास्टिकको डस्वीन, २० थान १३ लिटरको स्टिलको फिल्टर र दुई सय थान १२५ ग्रामको साबुन हस्तान्तरण गरिएको हो ।
यसैबिच संस्थाले दुई वटा गाउँका घरपरिवारलाई समेत स्वास्थ्य तथा सरसफाई सामग्री सहयोग गरेको छ । अछामको पंचदेवल विनायक नगरपालिका–४ को कुजेडा गाउँका २९ घरपरिवारलाई नर्मल मास्क, हेण्ड स्यानीटाइजर, पलास्टिकको डस्वीन, स्टिलको फिल्टर र साबुन सहयोग गरिएको हो । यस्तै आठबीस नगरपालिका–३ स्थित कुमालखाडा गाउँका ३१ घरपरिवारलाई स्वास्थ्य तथा सरसफाई सामग्रीहरु नर्मल मास्क, हेण्ड स्यानीटाइजर, पलास्टिकको डस्वीन, स्टिलको फिल्टर र साबुन सहयोग गरिएको वितरण गरिएको छ ।
कुजेडा क्लाइमेट स्मार्ट भिलेज हो भने कुमालखाडा नमुना गाउँको रुपमा विकास गर्न थालिएको छ । यहाँका किसानहरुले व्यवसायिक रुपमा तरकारी तथा पशुपालन गरिरहेका छन् । सुरक्षाका मापदण्डहरु अपनाएर तरकारी बिक्री वितरण गर्न सहज होस् भन्नका लागि स्वास्थ्य तथा सरसफाई सामग्री वितरण गरिएको हो ।
